कीवर्डहरू -

खाना डेलिभरी गर्ने कम्पनी भोजले अधिग्रहण गर्यो क्विकर

खाना डेलिभरी गर्ने कम्पनी भोजले अधिग्रहण गर्यो क्विकर

खाना डेलिभरी गर्ने कम्पनी भोजले अर्काे त्यस्तै कम्पनी क्विकर अक्वायर गरेको छ । भोजले आफ्नो सेवा विस्तार गर्ने क्रममा विराटनगरको प्रतिष्टित क्विकर अक्वायर गरेको हो ।

प्रविधिको प्रयोग गरी भोज र क्विकर दुबै कम्पनीले खाना डेलिभरी गर्ने कार्य गर्ने गरेका छन् । प्रविधिमा आधारित एउटा कम्पनीले त्यस्तै अर्काे कम्पनी अक्वायर गरेको यो नै पहिलो पटक पटएको भोजले दाबी गरेको छ ।

भोजले काठमाडौं उपत्यका तथा बुुटबल र भैरहवामा विगत ५ वर्षदेखि खाना तथा ग्रोसरी सामान डेलिभरी गर्दै आएको थियो । भोजले ९ सय रेष्टुरेन्टसँग सहकार्य गरी रातको २ बजेसम्म खाना डेलिभरी गर्ने गरेको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यस्तै, क्विकरले विराटनगरलाई केन्द्र बनाएर विगत ३ वर्षदेखि खाना डेलिभरीको काम गर्दै आएको थियो । क्विकरले करिब ७५ वटा रेष्टुरेन्टसँगको सहकार्यमा खाना डेलिभरी गर्ने कार्य गर्दै आएको हो ।

‘हामी हाम्रो सेवालाई पूर्वी नेपालमा विस्तार गर्न खोजिरहेका थियौं, यसमा रणनीतिक महत्वको साझेदार क्विकरफुड पाएका छौं, अब हामी पूर्वी नेपालमा पनि खाना र ग्रोसरी सामान डेलिभरीको सेवा प्रदान गर्छाैं,’ भोजका सहसंस्थापक निकेत अग्रवालले भने ।