कीवर्डहरू -

हुवावेले आफ्नै अपरेटिङ सिस्टम ल्याउँदै

हुवावेले आफ्नै अपरेटिङ सिस्टम ल्याउँदै

काठमाडौं। गुगुलले बनाएको अपरेटिङ सिस्टम एन्ड्रोइडलाई चुनौती दिनको लागि हुवावेले आफ्नै अपरेटिङ सिस्टम ल्याउने भएको छ। हुवावेले यसलाई कुनै पनि समय बजारमा सार्वजनिक गर्न सकिने  बताएको छ।

साउथ चाइना मर्निङ पोस्टमा प्रकाशित समाचारका अनुसार विगत ७ वर्षदेखि हुवावेले आफ्नै अपरेटिङ सिस्टमका लागि काम गरिरहेको छ।

हुवावेलाई अमेरिका लगायत अन्य केहि देश ले प्रतिबन्ध लगाएका छन। हुवावेले व्यापारमा अमेरिकी कम्पनी एप्पललाई पनि पछि पारेको थियो।हुवावेले अमेरिकाविरुद्ध अदालतमा मुद्दा पनि दायर गरेको छ।

यदि हुवावेले यो मुद्दा जितेको खण्डमा उसको व्यापारमा आगामि दिनमा सहयोग हुने बताईएको छ। हुवावेले भने आफ्नै अपरेटिङ सिस्टम ल्याउँने बिषयमा कुनै जानकारी दिएको छैन। अहिले हुवावेका फोनमा एन्ड्रोइड अपरेटिङ सिस्टम नै चलिरहेको छ।