कीवर्डहरू -

हेल्थ एट होमले डेङ्गु रोग पीडितलाई सुरू गर्यो निशुल्क स्वास्थ्य परामर्श सेवा 

हेल्थ एट होमले डेङ्गु रोग पीडितलाई सुरू गर्यो निशुल्क स्वास्थ्य परामर्श सेवा 

घरघरमै पुगेर स्वासथ्य सेवा दिँदै आएको हेल्थ एट होम मेडप्रो इन्टरनेशनल प्रा.लि.ले पाटन जेसिससँगको सहकार्यमा डेङ्गु रोग पीडितलाई निशुल्क स्वासथय परामर्श सेवा उपलब्ध गराउन सुरु गरेको छ ।

पछिल्ला दिनमा राजधानी लगायत देशभर डेङ्गु संक्रमित तिब्र रुपमा फैलिरहेका बेला हेल्थ एट होमले यस्तोे सेवाको सुरुवात गरेको हो । कम्पनीले बीरामीलाई आवश्यक परामर्श, उनीहरुले स्वस्थ हुन अवलम्बन गर्नुपर्ने कुराहरुका विषयमा निशुल्क परामर्श सेवाको सुरुवात गरेको हो ।

साथै यदि विरामी अस्पताल जान नसक्ने अवस्था आएमा र घरमै स्वासथ्य सेवा आवश्यक परेमा समेत स्वास्थ्य उपचारको व्यवस्था मिलाएको छ । कम्पनीले यसअघि काोभिड महामारीको समयमा समेत निशुल्क स्वास्थ्य परामर्शको व्यवस्था मिलाएको थियो भने  घरघरमै पुगेर उपचार गर्ने व्यवस्था समेत मिलाएको थियो ।