कीवर्डहरू -

लाइभ ह्याकाथन आयोजना गर्दै डब्लुआईआईटी

लाइभ ह्याकाथन आयोजना गर्दै डब्लुआईआईटी

वुमन इन इन्फोरमेसन टेक्नोलोजी (डब्लुआईआईटी) ले लाइभ ह्याकाथन आयोजना गर्ने भएको छ । यो ह्याकाथन प्लस टू, ए लेभ्ल्स, आईबी र स्नातक तह अध्ययनरत महिला विद्यार्थीहरुलाई लक्षित गरेर आयोजना गरिएको हो ।

सो कार्यक्रम सेपटेम्बर १७, २०२२ मा डिएभी कलेजमा आयोजना हुने भएको छ । यो कार्यक्रम बगभी, डिएभी कलेज र माइक्रो बैंकर प्रालीसँगको सहकार्यमा आयोजना गरिने भएको हो । कार्यक्रम शनिबार  बिहानको ९ देखि ५ बजेसम्म चल्ने भएको छ ।