कीवर्डहरू -

वर्डक्याम्पले ल्यायो उज्जवल थापा छात्रवृत्ति, सात योग्य उम्मेदवारले दावी गर्न सक्ने

वर्डक्याम्पले ल्यायो उज्जवल थापा छात्रवृत्ति, सात योग्य उम्मेदवारले दावी गर्न सक्ने

वर्डप्रेस नेपाल कम्युनिटी वर्डक्याम्पले स्वर्गीय उज्जवल थापालाई सम्मान गर्नका लागि उज्जवल थापा छात्रवृत्ति दिने भएको छ । यो छात्रवृत्तिले सात जना योग्य उम्मेदवारहरुलाई कोष गर्नेछ ।

आर्थिक रुपमा समस्या भएको योग्य विद्यार्थीहरुका लागि यो छात्रवृत्ति उपलब्ध गराइनेछ । यो छात्रवृत्तिको फर्म २४ सेपटेम्बर २०२२ को १२ बजे राति बन्द हुनेछ ।

यो छात्रवृत्ति पाउनका लागि वर्डप्रेसमा योगदान दिने वा वर्डप्रेसमा इच्छा भएको हुनुपर्छ । त्यस्तै उम्मेदवारले पहिला वर्डक्याम्पमा सहभागी भएको हुनुहुँदैन् । छात्रवृत्ति फर्म भर्न यहाँ क्लिक गर्नुहोस् ।