कीवर्डहरू -

रियलमी नाइनआई फाइभजी नेपाली बजारमा लन्च, कति छ मूल्य ?

रियलमी नाइनआई फाइभजी नेपाली बजारमा लन्च, कति छ मूल्य ?

स्मार्टफोन ब्रान्ड रियलमीले रियलमी नाइनआई फाइभजी लन्च गरेको छ । यो स्मार्टफोनमा २.४ गिगाहर्जको गतिमा सञ्चालन हुने अक्टा–कोर सीपीयू रहेको छ । यसमा फाइभजी नेटवर्कको डुअल सिम डुअल स्ट्यान्डबाईमा राख्न मिल्छ ।

५००० एमएएच को शक्तिशाली ब्याट्री भएको यो फोनमा सुपर पावर सेभिङ मोड पनि रहेको छ । साथै यसमा सबैभन्दा ठुलो सेन्सर र ५० एमपिको अल्ट्रा एचडी प्राइमरी क्यामरासहितको ५० एमपिको एआई  ट्रिपल क्यामरा रहेको छ ।

यसको साथै यसमा भएको डाइनामिक र्‍याम एक्स्पान्सन टेक्नोलोजीले मेमोरी कार्डमा ३ जिबीसम्म भर्चुअल र्‍याम थप्न मिल्छ । यसको मूल्य २९ हजार ९९९ रहेको छ ।