कीवर्डहरू -

एससीटीले दमदार दसैँ धमाका अन्र्तगत थ्रीडी अफर गर्याे सार्वजनिक

एससीटीले दमदार दसैँ धमाका अन्र्तगत थ्रीडी अफर गर्याे सार्वजनिक

नेपालीहरूको महान् चाड विजयादशमीलाई लक्षित गरी स्मार्टचोइस टेक्नोलोजिज लिमिटेड (एससीटी) ले दमदार दसैँ धमाका थ्रीडी अफर सार्वजनिक गरेको छ ।

अफर अन्तर्गत एससीटी–यूपीआई डेबिट कार्ड प्रयोगकर्ताले कुनैपनि खरिदमा पोस मार्फत विद्युतीय कारोबार गर्दा ३३.३३ प्रतिशतसम्म क्यासब्याक प्राप्त गर्न सकिने छ । हाल सम्म पनि एससीटी यूपीआई डेबिट कार्ड नलिनु भएका ग्राहकहरूले कार्ड जारी गर्ने कुनै पनि बैंक तथा वित्तीय संस्थामा गई प्राप्त गर्न सक्नेछन् ।

साथै एससीटी–यूपीआई डेबिट कार्ड मार्फत एटीएममा क्यास कारोबार गर्दै आउनु भएका ग्राहकहरूले पनि यो अफर मार्फत रु. १,२०० सम्म क्यासब्याक प्राप्त गर्न सक्नेछन् । त्यस्तै रू. १,५०० बराबर को पोस  कारोबारमा रु. ५०० र रु. ३,००० को कारोबार मा रु. १,००० क्यासब्याक प्राप्त गर्न सकिने यो अफर मार्फत सबै एससीटी–यूपीआई डेबिट कार्ड प्रयोगकर्ताहरूले ३३.३३ प्रतिशत सम्मको क्यासब्याक प्राप्त गर्न सक्नेछन् । अफरको विस्तृत विवरण एससीटीको आधिकारिक वेबसाइटमा राखिएको छ । यो अफर असोज महिना भरि लागु हुनेछ ।