कीवर्डहरू -

गूगलले नयाँ अपरेटिङ सिस्टम ल्याउँदै जहाँ हुनेछ सिम लेस कनेक्टिभिटि

गूगलले नयाँ अपरेटिङ सिस्टम ल्याउँदै जहाँ हुनेछ सिम लेस कनेक्टिभिटि

काठमाडौं। गूगलले नयाँ पावरफुल अपरेटिङ सिस्टम(ओएस) ल्याउँने भएको छ। २०१६ को अगस्ट देखी बनाउन सुरु गरेको यो अपरेटिङ सिस्टमको नाम FUCHSIA (फुसिया) रहेको छ। गूगलले २०१७ मा कम्प्युटरमा चल्ने क्रोम ओएस लिएर आएको थियो।

गूगलको आफ्नै एन्ड्रोइड ओएस पनि रहेको छ। एन्ड्रोइड ओएसमा  मा इन्टरनेट अफ थिङ्स (आईओटि) राम्रो सँङ्ग काम गर्दैन। एन्ड्रोइड ओएस मोबायलमा मात्रै चल्छ भने Fuchsia ओएस फोन, रेफ्रिजेनेरेटर, कम्प्युटर, गाडी लगायत जहाँ जहाँ ओएस को आवश्यकता  पर्छ। तेहा तेहा Fuchsia अपरेटिङ सिस्टमको प्रयोग गर्न सकिन्छ।

किनभने यो आईओटिमा आधारित ओएस हो। यो Fuchsia अपरेटिङ सिस्टममा एन्ड्रोइड एपहरु पनि चल्नेछन। यो ओएसले प्रत्येक डिभाइस लाई कनेक्ट गरेर राख्नेछ। यसमा बिना सिम  कनेक्टिभिटिको पनि सुविधा रहेको छ। यो फुसिया अपरेटिङ सिस्टम इन्टरनेट अफ थिङ्स प्रविधिमा आधारित छ।

एन्ड्रोइड लिन्कसमा आधारित छ भने फुसिया अपरेटिङ सिस्टम गूगलले नै विकास गरेको म्यागनेटा (Megneta) मा आधारित छ।यो अपरेटिङ सिस्टम एन्ड्रोइड भन्दा धेरै सुरक्षित रहेको छ।