कीवर्डहरू -

नमस्ते पेले ल्यायो फेस्टिभ क्याम्पेन, ४९ दिनसम्म प्रयोगकर्ताहरुले विभिन्न सेवाहरुमा अफर पाउने

नमस्ते पेले ल्यायो फेस्टिभ क्याम्पेन,  ४९ दिनसम्म प्रयोगकर्ताहरुले विभिन्न सेवाहरुमा अफर पाउने

नमस्ते पेले दशैं, तिहार तथा छठ पर्व लाइ समेट्ने गरी फेस्टिभ क्याम्पेन ल्याएको छ र यस अभियानमा ४९ दिन सम्म नमस्ते पे प्रयोगकर्ताहरु विभिन्न सेवाहरु विभिन्न अफर पाउनेछन् । यस अभियानमा बम्पर अफरको रूपमा, सात भाग्यशाली विजेताहरूले शतप्रतिशत क्यास्बयाक  प्राप्त गर्नेछन् ।

प्रयोगकर्ताहरूले जति धेरै कारोबार गर्नेछन्, त्यति नै धेरै भाग्यशाली विजेता बन्ने र सत प्रतिशत क्यासब्याक पाउने मौका हुने कम्पनीले जनाएको छ। अभियान अवधिको बीचमा कुनै पनि सेवाहरूको कारोबार गर्ने प्रयोगकर्ताहरू बम्पर योजनामा सहभागी हुन योग्य हुनेछन्। त्यसैगरी, नमस्ते पे मार्फत युटिलिटी बिलहरू भुक्तानी गर्दा प्रत्येक हप्ता एक भाग्यशाली विजेताको वर्षभरिको बिल नमस्ते पे ले तिरिदिने अफर रहेको कम्पनीले जनाएको छ ।

हवाई टिकट खरिद गर्दा हरेक हप्ता एक जना भाग्यशाली विजेताले रु १००० क्यासब्याक पाउनेछन् भने अभियानको अन्त्यमा दुई जना भाग्यशाली विजेताले पोखराको राउण्ड हवाई टिकट निशुल्क पाउनेछन् ।

दशैं दक्षिणाको रूपमा, आफ्नो परिवार र आफन्तहरूलाई वालेट टु वालेट ट्रान्सफर गर्ने २० जना भाग्यशाली प्रयोगकर्ताहरूले सत प्रतिशत क्यासब्याक पाउनेछन् ।