कीवर्डहरू -

नबिल बैंकले बालबालिकालाई लक्षित गर्दै सार्वजनिक गर्याे डिजिटल ‘नबिल जेन अल्फा’

नबिल बैंकले बालबालिकालाई लक्षित गर्दै सार्वजनिक गर्याे डिजिटल  ‘नबिल जेन अल्फा’

राष्ट्रिय बाल दिवसको अवसर पारि नबिल बैंकले नेपालमै पहिलोपटक ‘नबिल जेन अल्फा’ एप सार्वजनिक गरेको छ । नबिलको जेन अल्फाका ब्राण्ड एम्बासडर प्रेन्सा रेग्मी र प्रमुख कार्यकारी निर्देशक ज्ञानेन्द्रप्रसाद दङ्गानाको उपस्थितिमा एप सार्वजनिक गरेको हो ।

कम्पनीका अनुसार ‘नबिल जेन अल्फा’ १८ वर्षभन्दा मुनिका बालबालिकाहरु र अभिभावकलाई लक्षित गरेर ल्याइएको नेपालकै पहिलो एप हो । अभिभावकहरूले यस एपमार्फत आफ्ना बालबालिकाहरूका लागि दैनिक कार्यहरू सिर्जना गर्न, सेट गर्न र तोक्न सक्छने कम्पनीले बताएको छ ।

यस एपमार्फत बालबालिकाहरूले कार्य सम्पादनपछि अंक कमाउन सक्छन् र त्यहि अंक लिंक गरिएको खातामा पैसाका रुपमा बचत हुने प्रावधान रहेको छ । यो स्किममार्फत बालबालिकाहरुलाई जीवन सीप र बचतको महत्व सिकाउने तथा अभिभावकहरुको दैनिकीमा सहजता ल्याउने लक्ष्य बैंकले लिएको छ ।

‘नबिल जेन अल्फा’ बचत खाताबाट बालबालिकाहरूलाई आफ्नो पढाइका साथसाथै दैनिक जीवनमा अति आवश्यक पर्ने कामकाज, पारिवारिक संस्कार तथा आफ्नो जिम्मेवारी बोधका साथै त्यसतर्फ उत्प्रेरित गराउने बैंकको अपेक्षा छ । बैंकका अनुसार यस योजना अन्तर्गत नबिल बैंकमा खाता भएका तथा नयाँ खाता खोल्ने ग्राहकले खाताबाट तोकिएको रकम स्वचालित रुपमा बालबालिकाको खातामा रकमान्तर गर्न सक्नेछन् ।

यस्तै, बालबालिकाको खातामा रहेको रकमबाट समय समयमा मुद्धति खातामा जम्मा तथा बालबालिकाहरूलाई नबिल जेन अल्फा मोबाइल एपको माध्यमबाट काम र लक्ष्य यकिन गरी जिम्मेवारी दिन सकिने तथा काम र लक्ष्य प्राप्तिपछि पुरस्कृत पनि गर्न सकिने बताइएको छ । यो एप गुगल प्ले स्टोर र एप्पल स्टोरबाट डाउनलोड गर्न सकिने बताइएको छ ।