कीवर्डहरू -

एन आई सी एशिया बैंकको खातामा अब भिसा डाईरेक्ट मार्फत सोझै रकम पठाउन सकिने 

एन आई सी एशिया बैंकको खातामा अब भिसा डाईरेक्ट मार्फत सोझै रकम पठाउन सकिने 

सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आइरहेको एन आई सी एशिया बैंकको खातामा विश्वका विभिन्न देशहरूबाट अब भिसा डाईरेक्ट मार्फत सोझै रकम पठाउन सकिने सेवाको शुभारम्भ भएको छ ।

यस बैंकले भिसा इन्टरनेसनलसँग सहकार्य गर्दै आफ्ना ग्राहकहरू सामू यो नवीन सेवाको सुरुवात गरेको हो । अमेरिका, बेलायत, क्यानडा, युरोप, अष्ट्रेलिया, संयुक्त अरब इमिरेट्स, कतार, साउदी अरब जस्ता विश्वका १०० बढी देशहरूबाट पठाइएको रकम बैंकका ग्राहकहरूले तुरुन्तै आफ्नो खातामा प्राप्त गर्न गर्नसक्नेछन्  र यस सेवा अन्तर्गत विश्वका कुनै पनि भिसा डाईरेक्ट प्लेटफर्ममार्फत रकम पठाउँदा यस बैंकले जारी गरेको भिसा कार्डसँग लिंक गरिएको खातामा उक्त रकम जम्मा गर्न सकिनेछ ।

त्यसका लागि रकम पठाउनु हुने विदेशी तथा स्वदेशी ग्राहकहरूले आफ्नो मोबाइल/इन्टरनेट बैंकिङ्ग वा भिसा कार्ड तथा रेमिटेन्स कम्पनीहरूमार्फत यस बैंकले जारी गरेको १६ अंकको भिसा कार्ड नम्बरको प्रयोग गरी त्यसमा लिंक भएको खातामा सोझै रकम पठाउन सक्नुहुनेछ ।

विदेशमा रहेर पनि आफ्ना परिवार तथा आफन्तलाई तुरुन्त पैसा पठाउने ग्राहकहरूको चाहनालाई मध्यनजर गर्दै बैंकले ल्याएको यस नवीन सेवाले रेमिटेन्स सम्प्रेषणलाई सहज बनाउने विश्वास बैंकले लिएको छ ।