कीवर्डहरू -

नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गर्याे मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम

नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गर्याे मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम

मोबाइल सेटको गैरकानूनी आयात,विक्री वितरण तथा प्रयोगलाई निरूत्साहित गरी थप व्यवस्थित गर्न नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम ( एमडिएमएस ) सार्वजनिक गरेको छ ।

यस प्रणाली अन्र्तगत चोरी भएका तथा हराएका मोबाइल सेटको ट्रयाकिङ÷ब्लकिङ गरी नेपाल भित्र त्यस्ता मोबाइल नचल्ने व्यवस्था गर्नका लागि पनि नेपाल दूरसञ्चार प्राधिकरणले एमडिएमएस प्रणाली लागु गरेको हो ।

मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम सार्वजनिक गर्न दूरसञ्चार प्राधिकरणले गरेको कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र कार्कीले उद्घाटन गरेका थिए । आज मिति २०७९ भाद्र ३० गतेसम्म विदेशबाट व्यक्तिगत तवरले ल्याईएका मोबाइल सेट लगायत आजको मितिसम्म चालु रहेका सबै मोबाइल सेटहरु स्वतः एमडिएमएस प्रणालीमा दर्ता हुने व्यवस्था मिलाईएको पनि प्राधिकरणले जानकारी दिएको छ ।

२०७९ भाद्र ३० पश्चात मोबाइल खरिद गर्दा उक्त मोबाइल सेट नेपाल दूरसञ्चार प्राधिकरणको एमडिएमएस प्रणाली mdms.nta.gov.np मा दर्ता भए÷नभएको एकिन गरी मात्र खरिद गन समेत अनुरोध गरेको छ । साथै, मोबाइल आयातकर्ता÷विक्रेताहरुले मोबाइल आयात गर्नु अघि अनिवार्य रुपमा प्राधिकरणको स्वीकृति लिई प्राधिकरणमा दर्ता भएका मोबाइलमात्र विक्री वितिरण गर्नलाई पनि प्राधिकरणले सार्वजनिक गरेको विज्ञप्तिमा उल्लेखित गरिएको छ ।