कीवर्डहरू -

खल्ती डब्लुआईटीएसए ग्लोबल इन्नोभेसन एण्ड टेक एक्सीलेन्स अवार्ड द्वारा सम्मानित

खल्ती डब्लुआईटीएसए ग्लोबल इन्नोभेसन एण्ड टेक एक्सीलेन्स अवार्ड द्वारा सम्मानित

खल्ती डब्लुआईटीएसए ग्लोबल इन्नोभेसन एण्ड टेक एक्सीलेन्स अवार्ड द्वारा सम्मानित भएको छ । द वल्र्ड इन्फोरमेसन टेक्नोलोजी एण्ड सर्भिस अलायन्स (डब्लुआईटीएसए) बाट खल्तीले ग्लोबल इन्नोभेसन एण्ड टेक एक्सीलेन्स अवार्ड पाउन सफल भएको हो ।

यस अवार्डमा ८० भन्दा बढि देशहरुले सहभागिता जनाएका थिए । डब्लुआईटीएसए २०२२ मलेसियामा आयोजना गरिएको थियो । यस अवार्डले प्रविधि क्षेत्रको प्रवद्र्धन र विकासमा काम गरिरहेको छ ।

यस इभेन्टमा विश्वभरका विभिन्न प्रतिष्ठित आइटि लिडर्सहरूको सहभागिता देख्न सकिन्छ। बहु प्रतिष्ठित अन्तराष्ट्रिय डब्लुआईएसटिए अवार्डबाट खल्ती सम्मानित हुदा यसले नेपाललाई पनि अन्तराष्ट्रिय स्थरमा चिनाएको छ।

उक्त अवार्डमा  उपस्थित खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्का ले खल्तिलाई आजको दिन यो स्थान सम्म पुर्याउन सहयोग गर्ने सम्पूर्ण खल्ती प्रयोगकर्ता, साझेदार, व्यापारी/ एजेन्ट, नियामक, खल्ती र अन्य सरोकारवालाहरू प्रति धन्यवाद टक्र्याए। साथै आउँदा दिनहरूमा अन्तराष्ट्रिय बजार वित्तीय सेवाको  प्रविधि बुझ्दै आफ्नो सेवालाई अन्तराष्ट्रिय बजारमा पनि विस्तार गर्ने उदेश्य रहेको जानकारी गराए ।

\"\"

यस अवार्डका बारे खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्का पुनः भन्छन् “ खल्ती डब्लुआईटीएसएको अवार्ड द्वारा सम्मानित हुनु हाम्रो र हाम्रो देश नेपालको लागि निकै गौरभको कुरा हो। यस अवार्डले हामीलाई लक्ष्यप्रति थप गम्भीर हुन प्रोत्साहन दिंदै थप चुनौती थपिदिएको छ।”