कीवर्डहरू -

वुमन इन इन्फर्मेसन टेक्नोलोजीको लाइभ ह्याकाथन सम्पन्न

वुमन इन इन्फर्मेसन टेक्नोलोजीको लाइभ ह्याकाथन सम्पन्न

वुमन इन इन्फोरमेसन टेक्नोलोजीले महिलाहरुका लागि आयोजना गरेको लाइभ ह्याकाथन सम्पन्न गरेको छ । सो ह्याकाथन डिएभी कलेजमा आयोजना गरिएको थियो । यो ह्याकाथन प्लस टू, ए लेभ्ल्स, आईबी र स्नातक तह अध्ययनरत महिला विद्यार्थीहरुलाई लक्षित गरेर आयोजना गरिएको थियो ।  लाइभ ह्याकाथनमा ६ ओटा कलेजका विद्यार्थीहरुले सहभागिता जनाएका थिए ।

सो कार्यक्रम सेपटेम्बर १७, २०२२ मा डिएभी कलेजमा आयोजनो भएको थियो । यो कार्यक्रम बगभी, डिएभी कलेज र माइक्रो बैंकर प्रालीसँगको सहकार्यमा आयोजना गरिएको थियो । कार्यक्रम शनिबार  बिहानको ९ देखि ५ बजेसम्म चलेको थियो । कार्यक्रममा बगभीले प्राविधिक सहयोग गरेको थियो ।