खल्तीले राष्ट्रिय वाणिज्य बैंक खाता खल्तीमा लिङ्क गरि पहिलो भुक्तानी गर्ने प्रयोगकर्ताहरूलाई रु.१०० बोनस अफर ल्याएको छ। साथै, यस अफर अवधिमा एक भाग्यशाली प्रयोगकर्ताले स्मार्टफोन जित्न सक्ने छन् ।
यो बोनस अफर राष्ट्रिय वाणिज्य बैंक खाता खल्तीमा पहिलो पटक लिङ्क गरि पहिलो भुक्तानी गर्ने कुनै पनि प्रयोगकर्ताका लागि लागू हुनेछ।
यस अफरमा सहभागी भएका मध्ये एक भाग्यशाली प्रयोगकर्ताले स्मार्टफोन जित्नेछन् । यो अफर असोझ ३१ सम्म लागू हुनेछ। खल्तीमा बैंक लिङ्क गर्न भने प्रयोगकर्ताले आफ्नो केवाईसी प्रमाणित गरेको हुनुपर्नेछ ।
यस बाहेक आफ्नो बैंक खाता लिङ्क गर्ने प्रयोगकर्ताहरूले खल्ती प्रयोग गरी केही ट्यापहरू मार्फत उपलब्ध इन्टरनेट, फ्लाइट, पानी, बिजुली र सरकारी राजस्व जस्ता बिलहरूको प्रत्यक्ष भुक्तानी गर्न सक्छन्।
खल्ती डिजिटल वालेटका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले प्रयोगकर्ताहरूलाई डिजिटल भुक्तानी गर्ने बानी बसाल्न प्रोत्साहित गर्न चाहेको बताए ।
'उपभोक्ताहरूले अब पैसा पुन: लोड गर्ने समस्याको सामना गर्नुपर्दैन,' उनले भने, 'खल्ती क धेरै प्रयोगकर्ताहरुले यो सेवा मन पराउँछन् । किनभने यसले उनीहरूलाई एक लिङ्क गरिएको बैंकबाट अर्कोमा सेकेन्डमा पैसा पठाउन सहज गर्दछ।'