कीवर्डहरू -

ओयो २०१९ सम्म नेपालका १५ शहरमा पुग्ने

ओयो २०१९ सम्म नेपालका १५ शहरमा पुग्ने

काठमाडौं, ४ चैत्र– दक्षिण एशियाकै सबैभन्दा ठूलो, चीनको उत्कृष्ट ४मध्ये एक र विश्वकै सबैभन्दा तीव्र गतिमा फैलिरहेको फ्रयानचाईज होटल र घरहरु र गुणस्तरीय आवास ओयोले १४ दिनभित्र होटल नवीकरण र रुपान्तरण गरेर नयाँ मापदण्ड स्थापना गरेको छ । जसले अहिलेको उद्योगहरुको ९० दिनसम्मको मापदण्डलाई कडा चुनौती दिएको छ ।


 
भारत, चीन र अन्य अन्तर्राष्ट्रिय बजारमा सिभिल ईन्जिनियर र डिजाईनर गरेर १२ सय भन्दा बढि ओयोप्रेनरको बलियो ग्लोबल टोली रहेको ओयोले नेपालका १५० भन्दा बढि होटलहरुको आधारभूत संरचना बढाउदै त्यसलाई रुपान्तरण गरिसकेको छ । ओयोले नेपालका प्रमुख शहरहरु काठमाडौं, पोखरा र भक्तपुरमा जोडतोडले सेवा विस्तार गरिरहेको छ । ओयोको नेपालमा १५० फ्रयानचाईजी होटल र २५०० भन्दा बढि कोठाहरु रहेका छन् ।

भारत र दक्षिण एशियाका प्रमुख कार्यकारी अधिकृत आदित्य घोषले भन्नुभयो, “नेपाल, भारत र दक्षिण एशियामा सेवा विस्तार गर्न ओयो गहिरोरुपले केन्द्रित रहेको छ । यस वर्षका लागी ओयो ब्राण्डका होटलहरुमा सुरक्षालाई केन्द्रित गरी गुणस्तरीय उत्पादन र सेवा प्रदान गर्ने, ग्राहकहरुको मन–मुटुमा बस्नका लागी गहन र चौतर्फी सेवा विस्तार गर्ने, ओयोसँग साझेदारी गर्न होटलहरुका लागी तीव्र गतिमा वृद्धि गर्न आकर्षक उद्यमी अवसर प्रदान गर्ने र सम्पूर्ण ओयोप्रेनरहरुसँग सहकार्य गर्दै सबैभन्दा रुचाईएको होटल ब्राण्ड बन्ने ओयोको प्रमुख प्राथमिकता रहेको छ ।

थप चौध सय करोड भारतीय रुपैया लगानीका साथ मलाई लाग्छ कि हामीले हिजोका दिनभन्दा अझ बढि ग्राहकहरुलाई उत्कृष्ट अनुभव र मूल्य प्रदान गर्न सक्षम भएका छौँ । नेपालमा पनि अब छिट्टै ३ शहरबाट सन् २०१९ सम्म १५ शहरहरुमा सेवा विस्तार गर्ने छौँ ।”

कसरी हुन्छ रुपान्तरण ?
गति प्रक्रिया निरिक्षण गर्न समर्पित नवीकरण र रुपान्तरण एप ः ओयो अटिप्मस एक समर्पित ट्रान्स्फरमेसन एप हो । यो एपले ओयो टोलीलाई लागतको अनुमान, तोकिएको काम वितरण पूरा गर्न थप बजेट र त्यसको गति प्रक्रिया हेरेर होटल रुपान्तरणका आवश्यकताहरु बुझ्न मद्दत गर्छ । यसले होटल संञ्चालक, ओयो टिम लगायत सम्बन्धित व्यक्तिहरुलाई नवीकरण तथा रुपान्तरण प्रक्रियाको समग्र दृष्य देखाउन मद्दत गर्छ । 


आर्टिफिसियल ईन्टेलिजेन्स् डिजाइनको पहुँच ः ओयो होटेल्सले आर्टिफिसियल ईन्टेलिजेन्स्मार्फत ग्राहकहरुको प्रतिक्रिया तथा ग्राहकहरुद्वारा सबैभन्दा बढि रुचाईएको डिजाईनको मूल्याङ्कन गर्दछ र यो कार्यका निम्ति ओयोको इन्हाउस डिजाइन ल्याबको पनि महत्वपूर्ण भूमिका रहन्छ ।


कम्पनीको पूर्णक्षमता भएको कपाबिलिटी लेड मोडलमार्फत नेतृत्व मोडलले फ्लोरिङ, प्लम्बिङ, एयर कन्डिसिनिङ, पेन्टिङ र विद्युतीय समान जडान गर्नुका साथै पूर्णरुपमा नवीकरण र रुपान्तरण गरेर अवस्थित ढाँचाको स्तरवृद्धि गर्छ । प्रविधिमा आधारित नवीकरण र उत्कृष्ट सप्लाईचेन क्षमताले लागत र समय कम गर्छ । यसलाई सहज बनाउनका लागि ओयोले ट्रान्स्फरमेसन एप बनाएको छ ।

जसले प्राविधिक क्षमतालाई पूर्ण रुपमा सदूपयोग गरेर होटललाई रुपान्तरण गर्छ ।  यस एपले ओयो टोलीलाई लागतको अनुमान, तोकिएको काम वितरण पूरा गर्न थप बजेट र त्यसको गति प्रक्रिया हेरेर होटल रुपान्तरणका आवश्यकताहरु बुझ्न मद्दत गर्छ । यसले सम्बन्धित व्यक्तिहरुलाई नवीकरण तथा रुपान्तरण प्रक्रियाको समग्र दृष्य देखाउन मद्दत गर्छ । 


ओयो होटलले विभिन्न स्तरका रियल स्टेटसँग साझेदारी गरेर तिनीहरुलाई तीव्र रुपमा रुपान्तरण गर्ने गहन क्षमता प्रदर्शन गरेको छ । नेपालमा गुणस्तरीय आवासको माग र आपूर्तिमा ठूलो भिन्नता छ जसले गर्दा यात्रु र नेपालीहरु ठाँउ, गुणस्तर र मूल्यमा सम्झौता गर्न बाध्य छन् । ओयोले उक्त समस्या समाधान गर्न प्रविधि र प्रतिभाको प्रयोग गरेको छ ।ओयोले १५० फ्रयानचाईज र पूर्ण व्यवस्थित ओयो ब्राण्डका होटलहरु स्थापना गरेर देशभर पदचिन्ह विस्तार गरिरहेको छ ।

ओयोका होटलहरुमा आरामदायी कोठा, निःशुल्क बिहानको खाजा, दागरहित सफा बिछ्यौना, निःशुल्क वाईफाई र चौबिसै घण्टा सेवा सुविधाहरु उपलब्ध छ । ओयो होटलका कोठाको मूल्य रु ९९९ बाट सुरु हुन्छ । देशभरका प्र्mयानचाईजीमा ओयोका २५ सय भन्दा बढि कोठाहरु छन् । ओयोले “भिजिट नेपाल २०२०” का लागि पनि विशेषरुपले तयारी गरिरहेको छ र सन् २०१९ को अन्त्यसम्म प्रमुख १५ शहरहरुमा सेवा विस्तार गर्ने योजना बनाइसकेको छ ।