काठमाडौँ विश्वविद्यालयको सोसाईटी अफ ईलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स इन्जिनियरले वार्षिक रुपमा आयोजना गर्ने ईलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स प्रोजेक्ट एक्जिभिजन (इपेक्स) अन्तर्गतको ह्याकाथनमा क्वीकभर टिमले क्रियटिभ प्राजेक्ट अवार्ड प्राप्त गरेको छ ।
यस ह्याकाथनमा कुल १७ जना टिम सहभागी भएका थिए । यस मध्ये ५ ओटा टिम छनौटमा परेनन् र बाँकी टिम ह्याकाथनमा छनोट भएका थिए । रातभर ह्याकाथन गरेपछि दिउँसोको १ बजेतिर विद्यार्थीहरुले आफ्नो प्रोजेक्ट प्रस्तुत गर्ने मौका पाएका थिए ।
प्रस्तुत भएका प्रोजेक्ट मध्ये क्वीकभरले सबैभन्दा क्रियटिभ प्राजेक्ट अवार्ड उपाधिसँगै ५० हजार रुपैयाँ बराबरको पुरस्कार पनि पाएको छ । यस पुरस्कारले आगामी ह्याकाथनहरुमा पनि सहभागी हुन् थप प्रोत्साहन मिल्ने क्वीकभर टिमका एक सदस्य नसीब डांगीले बताए ।
यो क्वीकभर टिममा नसिब डाँगी, पंकज अधिकारी, उद्भव घिमिरे र बंशज पौडेल सहभागी रहेका छन् । हाल उनीहरु मदन भण्डारी मेमोरियल कलेजमा अध्ययनरत रहेका छन् ।
क्वीकभर प्रोजेक्ट जंगलमा हुने अवैध शिकारलाई कम गर्नका लागि निर्मित अल्र्ट मनिटरिगं प्रणाली हो । यसले आवाजकै माध्यमबाट रेन्जर अफिसमा कुनै अवैध शिकारहरु भईरहेको खण्डमा सर्तक गराईदिने काम गर्दछ । यो डिभाइसलाई फरेस्टमा राखेपछि वरिपरीको आवाजलाई डिटेक्ट गर्न सक्छ ।
यसमा प्रयोग भएको मेसिन लर्निगं एल्गोरिदमले आएको आवाज स्टाटिक हो वा अवैध शिकारको हो भनेर पत्ता लगाउन सक्छ र सर्तक पनि बनाईदिन्छ, जसले गर्दा अवैध शिकारीलाई रेन्जर अफिसरहरुले सजिलै पक्राउ गर्न सक्छन् ।
ह्याकाथनमा २४ घण्टा भित्र प्रोटोटाइप निर्माण गरिएको थियो । यस्ता कार्यक्रमले एक अर्कासँग आईडिया साट्नलाई पनि सहज हुने उनको भनाइ छ ।
यस डिभाइसको मेसिन लर्निंग एल्गोरिदमलाई युट्युबबाट अवैध सिकारको आवाज प्रयोग गरेर प्रशिक्षण गरिएको पनि डाँगीले बताए । राम्रो प्रोजेक्ट आएमा यसलाई ठूलो स्तरमा उत्पादनमा लैजाने क्वीकभर टिमको योजना छ ।