कीवर्डहरू -

स्मार्ट डोकोको दशैं अफर, सामानमा ६७ प्रतिशतसम्म छुटसँगै हरेक दिन स्मार्टवाच जित्ने अवसर

स्मार्ट डोकोको दशैं अफर, सामानमा ६७ प्रतिशतसम्म छुटसँगै हरेक दिन स्मार्टवाच जित्ने अवसर

ई–कमर्स कम्पनी स्मार्ट डोकोले आफ्नो ग्राहकहरूका लागि ‘बडा दशैँ कडा अफर’ ल्याएको छ्र । अफर अनुसार ग्राहकहरुले  इलेक्ट्रोनिक्स, किराना सामान, फेसन, सौन्दर्य तथा अन्य थुप्रै सामानहरूमा ६७ प्रतिशतसम्म छुट पाउन सक्ने कम्पनीले जनाएको छ ।

योजनाअनुसार ग्राहकहरुले हरेक दिन स्मार्ट वाच र एक जना भाग्यशाली ग्राहकले  बम्पर  उपहारमा  सामसङ ग्यालेक्सी स्मार्टफोन जित्ने मौका पाउन सक्नेछन्  ।

यसैगरी ग्राहकहरुले खरिदमा हिमालयन बैंकमा १००० सम्ममा १५ प्रतिशत क्यासब्याक  पाउन सक्नेछन्, जसलाई ग्राहकहरुले  डेबिट कार्ड, क्रेडिट कार्ड अथवा प्रिपेड कार्डबाट प्राप्त गर्न सक्नेछन् ।

ग्राहकहरुले एक रुपी गेममा सहभागी भई थुप्रै रोमाञ्चक उपहारहरू पनि जित्न सक्नेछन्  । डोकोमा ५० हजार बढी सामानहरु उपलब्ध रहेका छन् ।