कीवर्डहरू -

खल्तीको ‘खल्तीफुल अफर’, क्युआर स्क्यान गरेर भुक्तानी गर्दा १० प्रतिशत छुट

खल्तीको ‘खल्तीफुल अफर’, क्युआर स्क्यान गरेर भुक्तानी गर्दा १० प्रतिशत छुट

नेपालीहरुको महान चाड विजया दशमी, दिपावली तथा छठ पर्वको अवसरमा खल्तीले आफ्ना प्रयोगकर्ताहरूका लागि ‘खल्तीफुल अफर’ ल्याएको छ।

यस अफर अन्तर्गत खल्ती प्रयोगकर्ताले यूनियन पेको क्यू आर तोकिएको आउटलेटमा खल्ती मार्फत स्क्यान गरी भुक्तानी गर्दा १० प्रतिशत (अधिकतम रू.500 सम्मको) क्यासब्याक प्राप्त गर्न सक्नेछन्।

खल्ती प्रयोगकर्ताले गोल्ड स्टार, बिग डिजिटल, स्केचर्स, बलेनो र साथीमार्टमा १० प्रतिशतसम्म छुट पाउने जनाइएको छ । यो अफर भाद्र ३० देखि कार्तिक १४ सम्म लागु हुनेछ।

आईएसओ 27001ः2013 बाट मान्यता प्राप्त खल्तीले WITSA Global Innovation & Tech Excellence Awards 2022 बाट सम्मानित भएको छ ।