कीवर्डहरू -

आइएमई पेबाट टिएमएसमा लोड कोलेटरल गर्दा स्मार्ट वेल्थ प्रो सब्स्क्रिप्सनमा ३५% छुट

आइएमई पेबाट टिएमएसमा लोड कोलेटरल गर्दा स्मार्ट वेल्थ प्रो सब्स्क्रिप्सनमा ३५% छुट

आइएमई पे र सोर्स कोड प्रालिबीच आइएमई पेका ग्राहकलाई स्मार्ट वेल्थ प्रो सब्स्क्रिप्सनमा ३५ प्रतिशत छुट दिने सम्झौता भएको छ ।

आइएमई पेका प्रमुख व्यापार अधिकृत प्रमोदमान सिंह बस्नेतले आइएमई पे बाट टि एम एसमा लोड कोलेटरल  र ब्रोकर फन्ड सेटलमेनट गर्दा आइएमई पेका ग्राहकहरुले स्मार्ट वेल्थ प्रोको विभिन्न सब्सक्रिप्सन प्याकेजमा ३५ प्रतिशत छुट पाउने बताए ।

डिस्काउन्न्ट कोड ग्राहकले आफ्नो ब्रोकर टिएमएसमा आइएमई पे छनोट गरी लोड कोलेटरल र ब्रोकर फन्ड सेटलमेनट गरेको भोलिपल्ट आफ्नो मोबाइलमा मेसेज मार्फत पाउने छन् । उनले आइएमई पेका ग्राहकहरुलाई यस छुटको भरपुर सदुपयोग गर्न पनि आग्रह गरेका छन् ।