कीवर्डहरू -

युरोपेली युनियनको प्रतिस्पर्धा आयोगले गुगललाई तिरायो जरिवाना

युरोपेली युनियनको प्रतिस्पर्धा आयोगले गुगललाई तिरायो जरिवाना

काठमाडौं। युरोपेली युनियनको प्रतिस्पर्धा आयोगले गुगलमाथि १ अर्ब ६८ करोड अमेरिकि डलर जरीवाना गरेको छ। प्रतिस्पर्धाको नियम उल्लंघन गरेको भन्दै युरोपेली युनियनले गुगललाई जरीवाना तिराएको यो तेस्रोपटक हो।

यो भन्दा अगाडी युरोपेली युनियनको प्रतिस्पर्धा आयोगले गुगलमाथि ४.३४ अर्ब युरो र २ अर्ब ४२ करोड युरो जरिवाना गरिसकेको छ। माइक्रोसफ्टले गुगल विरुद्ध सन २००९ मा युरोपेली प्रतिस्पर्धा आयोगमा उजुरी गरेको थियो। भने सन २०१६ बाट आयोगले छानविन सुरु गरेको थियो ।

युरोपेली संघकको प्रतिस्पर्धा आयोगका आयुक्त मार्गरेट वेस्टेगरले बुधबार ब्रसेल्समा पत्रकार सम्मेलन गरेर गुगलको एडसेन्स विज्ञापन कारोबारका विषयमा लामो समयदेखि चल्दै आएको अनुसन्धानको परिणामका बारेमा जानकारी दिइन।

युरोपेली संघकको प्रतिस्पर्धा आयोगका आयुक्तका अनुसार गुगलले आफ्नो विज्ञापनमा अरु प्रतिस्पर्धी सर्च इन्जिनको विज्ञापन ब्लक गरेको भन्दै युरोपेली युनियनले एडसेन्स प्लेटफर्मको साटो ब्रोकरको उपयोग गरिरहेका वेबसाइटहरुलाई रोक्नका लागि आफ्नो मजबुत स्थितिको दुरुपयोग गरेको छ।