कीवर्डहरू -

इसेवाको प्रमुख कार्यकारी अधिकृतमा जगदिश खड्का नियुक्त 

इसेवाको प्रमुख कार्यकारी अधिकृतमा जगदिश खड्का नियुक्त 

नेपालको पहिलो तथा अग्रणी भुक्तानी सेवा प्रदायक कम्पनी इसेवा प्रा.लि.को प्रमुख कार्यकारी अधिकृतमा जगदिश खड्का नियुक्त भएका छन् । चाटर्ड एकाउन्टेन्ट  खड्कालाई इसेवाको सञ्चालनक समितिले सिइओका रुपमा नियुक्त गरेको हो । नवनियुक्त सिइओ खड्कालाई इसेवाका अध्यक्ष परशुराम कुवँर क्षेत्रीले पद तथा गोपनियतताको सपथ खुवाए । सिइओ खड्काले बुधबार नै आफ्नो कार्यभार संहालेका थिए ।

उनीसंग बिजनेस अपरेशन म्यानेजमेन्ट, फाइनान्सियल प्लानिङ एण्ड म्यानेजमेन्ट, भेन्चर्स बिल्डिङ्गमा १२ वर्ष भन्दा धेरै समयको अनुभव छ । उनी यसअघि एफवानसफ्ट गु्रप अन्तरगतको फोनपे पेमेन्ट सर्विसमा डाइरेक्टरको रुपमा समेत आबद्ध थिए ।

इसेवामा प्रमुख कार्यकारी अधिकृतको रूपमा आफ्नो कार्यभार संहाल्दै नवनियुक्त सिइओ खड्काले भने ‘डिजिटल भुक्तानीको क्षेत्रलाई अगाडी बढाउन इसेवाले नेतृत्वदायी भूमिका निभाउँदै आएको छ ।

डिजिटल भुक्तानीको क्षेत्रमा पायोनियर मानिएको इसेवामा आबद्ध हुन पाउँदा म निकै नै खुशी छ । मैले इसेवाका सेवालाई  अझ विस्तार गरि आम मानिसको दैनिक जनजीवन सहज बनाउनका लागि भूमिका खेल्नेछु र कम्पनीलाई अझ सशक्त बनाउँदै अगाडी बढ्नेछु ’ ।

इसेवा सञ्चालक समितिले यसअघि प्रमुख कार्यकारी अधिकृतको भूमिकामा रहेर इसेवालाई आजको दिनसम्म ल्याइ पुर्याउन सफल भएका सुभास सापकोटालाई विशेष धन्यवाद दिएको छ । उनी सिइओका रूपमा बाहिर रहेपनि कम्पनीको बोर्ड सदस्यमा भने रहनुहुनेछ । सिइओबाट उहाँले दिनुभएको राजीनामा कम्पनीको सञ्चालक समितिले स्वीकृत गरिसकेको छ ।