कीवर्डहरू -

आइमार्सका स्मार्टफोनहरु बजारमा 

आइमार्सका स्मार्टफोनहरु बजारमा 

आइमार्स ब्राण्डका विभिन्न स्मार्टफोनहरु नेपाली बजारमा उपलब्ध भएका छन । आधा दर्जन मोडलहरुमा उपलब्ध भएको समार्टफोनहरु नेपाली उपभोत्तामाझ लोकप्रिय भइरहेको कम्पनीले जनाएको छ । 


भेगा एक्स ७ मोडल २० हजार ९ सय ९९ रुपैयामा उपलब्ध छ । यसैगरी आइमार्सको भिभि ८ १५ हजार ४ सय ९९ रुपैया पर्दछ । त्यसैगरी मिक्की वे एम २ को मुल्य १२ हजार ४९९ रहेको छ । रोजको मुल्य १० हजार ४४९ रहेको कम्पनीले जानकारी दिएको छ । यसैगरी भिसुन ६ को मुय ८ हजार ४ सय ९९ रहेको कम्पनीले जानकारी दिएको छ । 


भेगा एक्स ७ मा ५.९ इन्चको फुल एचडी डिस्ले रहेको छ । ४ जिबीको र्याम र ६४ जिबीको स्टोरेज रहेको यसमा ४५०० एमएएचको ब्याट्री क्षमता छ । १३ र १३ मेगापिक्सलको फ्रन्ट र रियर क्यामेरा रहेको यसमा सोहि मेगापिक्सको सेकेन्डरी रियर क्यामेरा समेत छ । यो फोन एन्ड्रोइड ओरियो भर्सनमा बजारमा उपलब्ध छ ।