कीवर्डहरू -

मोवाइल पुस्ता \'१ जी देखि ५ जी\'को विकासक्रम 

मोवाइल पुस्ता \'१ जी देखि ५ जी\'को विकासक्रम 


रेडियो टेलिफोन अझ विकास हुदै गयो र १ जीको नामले चिनिन थाल्यो जसलाई पहिलो जेनरेशनको वायरेस टेलिफोन टेक्नोलोजी मानिन्थ्यो । १९८०मा पहिलो एनलग टेलिकम्युनिकेशन स्ट्यान्डर्ड परिचित भएको थियो जसको भ्वाइस वाहेक २८ केबीपीएस देखि ५६ केबीपीएस स्पीडसम्मको डाटामा पहु“च पुग्थ्यो । १९७९ को अन्त्य र १९८० को शुरुवाततिर जापानको एनटीटीले पहिलोपटक पहिलो जेनरेशनको मोबाइल कम्प्युटिङ लन्च ग¥यो जसलाई डेन्मार्क र फिन्ल्यान्डको एनएमटीले पछ्याए ।

त्यसपछि ८० साल तिर विश्वभर यो प्रविधी परिचित भयो । मोबाइल कम्प्युटिङको विकासमा रेडियो मोबाइल अथवा जिरो जी देखि १ जी त मात्र शुरुवात थियो किनभने टु जी अथा दोश्रो जेनरेशन(पुस्ता) को मोबाइल कम्प्युटिङ पनि चिन्नमा आयो । टु जी मोबाइल नेटवर्क डिजिटल सिग्नलद्धारा विकास गरिएको थियो जुन अघिल्लो जिरो र १ जीमा थिएन । १ र जीरो जीमा एनलग थियो । सिग्नलहरु डिजीटल भएकोले टु जीमा डाटा प्रयोग , इन्क्राइप्सन र  डिक्राइप्सन प्रदान गरथ्यो ।

टु जी कै समयमा पहिलो एसएमएस सर्भिस परिचित भएको थियो । टु जी जिएसएम स्ट्यान्डर्डमा सञ्चालित थियो र पनि डाटा सम्पुर्ण मोबाइलहरुमा पठाउन सकिने व्यवस्था भने थियो । टु जी नेटवर्कहरु विभिन्न फ्रिक्वेन्सीमा सम्वन्धित छन् जस्तै जिएसएम , सिडिएमए ४५० , सिडिएमए २००० , आइएस ९५ (जसलाई सिडिएम वान पनि भनिन्छ) , पिडीसी(जापानमा प्रयोग भएका) र आइ–डेन रहेका छन् ।

विश्वभर रहेका विकासकर्ताहरुले अझै आराम गरेनन् र अझै बढी चाहेकै कारण दोश्रो पुस्ताको मोबाइल नेटवर्क पनि बढ्यो र दुई सेक्टरमा विभाजित हुन पुग्यो जसलाई जिपीआरएस अथा २.५ जी र एज अथवा २.७५ जी भन्न थालियो ।

हामी २.५ जीलाई वान एक्स आरटीटीको सहकार्यमा पाउछौ र जेनरल प्याकेट रेडियो स्वीचिङलाई प्याकेट स्वचीङ डोमेनको रुपमा पाउछौ जसले डाटा ट्रान्सफर र ५६ केबीपीएस देखि ११५ केबीपीएसको स्पीड दिन सक्छ । यो डब्लुएपी , एमएमएस , इन्टरनेट कनेक्टीभीटी र वल्ड वाइड वेभ ब्रोसिङ गर्नका लागी विकास गरिएको थियो । बढी स्पीडको आवश्यकतामा यसले सहयोग गरेको थियो र २.७५ जी लोप हुन पुगेको थियो ।

जपीआरएसले बढी स्पीडमा सेवा दिन थालेपछि समयको परिवर्तन संगै अन्ततः मोबाइल नेटवर्क तेश्रो जेनरेशनमा प्रवेश गर्न पुग्यो ।

धेरै स्पीड र तिव्र डाटा ट्रान्सफरको आवश्यकतालाई तेश्रो जेनरेशनको मोबाइल नेटवर्क सिस्टमको जन्मले पुरा गरिदियो  ।यो जेनरेशनमा डाटा ट्रान्सफर रेट २०० किलो बाइट पर सेकेण्ड थियो । भिडियो कलिङ ,मोबाइल टीभीमा पहुच पु¥याउन र मोबाइल फोनलाई मोडेमसरह प्रयोग गरि वायरलेस इन्टरनेट कनेक्टीभीटी पीसी र ल्यापटपमा पनि सम्भव बनाउन डाटा ट्रान्सफरको स्पीड बढाउन आवश्यक रहेको थियो ।

थ्री जीले अपेक्षा गरेको भन्दा माथीको सफलता पनि दियो ।त्यसैले विभिन्न देशहरुले मोबाइल नेटवर्क टेक्नोलोजीमा न“या स्पीड ल्याउन विकास र कसरत गर्न थाले । पहिलो पटक युएमटीएसले ध्(ऋम्ःब् र त्म्(क्ऋम्ःब् लिएर आयो र पछि युएमटीएस एचएसपीएको रुपमा २२ एमबीपीएससम्मको स्पीड दिन संशोधन भएको थियो । पछि यही स्पीडको गतीलाई वाइम्याक्स टेक्नोलोजी र ३.९ जी भन्न थालियो र आरटीटीद्धारा प्रयोग गरिएको एलटीइ एडभान्स टेक्नोलोजी आयो जसलाई ४ जी भन्छौ ।

\"\"

लामो समयको विकास र कसरतपछि मोबाइल नेटवर्क टेक्नोलोजीमा चौथो जेनरेशन आयो जसलाई ४ जी भनिएको हो । तिव्र गती (स्पीड) र डाटा कनेक्टीभिटी र विभिन्न डोमेनहरुको आवश्यकताका कारण आज यो न“या जेनरेशनको मोबाइल टेक्नोलोजीको विकास भएको कुरा बताइन्छ ।

भनिन्छ मानिसको आवश्यकताहरु कहिल्यै पुरा हुदैनन् र त्यसकै फलस्वरुप थ्रिडी मुभी , स्ट्रिमिङ फास्टर भिडियो र वायरलेस कनेक्टीभीटीसहित इन्टरनेट ब्रोसिङका आवश्यकताहरु आयो जसलाई पछिल्लो पुस्ताको मोबाइल नेटवर्क टेक्नोलोजी फोर जीले नै पुरा गरेको हो ।

जतिवेला थ्रि जीको विस्तार हुदै थियो त्यतीबेला वाइम्याक्स र एलटीइको विकास भएको थियो जुन शुरुवाती अवस्थामा थिए तर अहिले रिलिज भएको छ ।

मोबाइल टेक्नोलोजीका अर्डर भर्सनसंग तुलना गर्ने हो भने यो चौथो पुस्ता (फोर जी) लाई सरक्युट स्वीचिङ म्याथड लाई प्रयोग नगरेर आइ पी प्रयोग गर्छ जसले भ्वाइस ट्रान्सफर र डाटालाई अत्याधिक स्पीड र फ्रिक्वेन्सीमा ट्रान्सफर गर्छ ।

\"\"

आइएमटी एडभान्स नामक स्ट्यान्डर्ड सेट भएको थियो र एलटीइ एडभान्स अथवा लंग टम इभोलुसन एडभान्सको विकास भएको थियो जसले १ जिबीपीएस डाउनलोड र ५ सय एमबीपीएस अपलोड स्पीड दिन्छ ।

आइएमटी एडभान्स सेक्युर आइपी बेस्ड टेलिफोनी सिस्टम र आइपी मोबाइल ब्रोडब्याण्ड सिस्टम प्रदान गर्न सेट भएको थियो जसले प्रयोगकर्ताहरुलाई मोबाइल ग्यामिङ , भिडियो च्याट र अन्य फिचरका लागी मद्धत गर्छ । तर नेपाला पछिल्लो समय सुरु भएको फोरजी सेवामा यो लेवलको स्पिड भने प्रदान गर्न सकेको छैन । नेपाल टेलिकमले सुरुमा ३४ एमबिपिएसको डाउनलोड र १० एमबिपिएसको अपलोड स्पिड प्रदान गरेको छ ।

अहिले अनुसन्धानकर्ता र विकासकर्ताहरु उनीहरुको पेपर बेस्ड आदर्शमा रहेर अर्को पुस्ताको मोबाइल नेटवर्क टेक्नोलोजी बनाउने कसरतमा छन् जसलाई ५ जी अथवा पाचौ पुस्ता भनिन्छ । यो चाडै प्रयोगमा आउने क्रममा भएकोले त्यती धेरै जानकारी नभएपनि १ जिपीबीपीएस देखि १ सय जिपीबीपीएस सम्मको इस्टिमेट स्पीड रहेको बुझिएको छ ।

टेलिकम्युनिकेशनका दैत्यहरुले बजारमा न“या टेक्नोलोजी विकास त गरिसकेका नै छन् र हामी उनीहरुकै हातमा छौ । त्यसैले कति चाडो हामी न“या टेक्नोलोजी हेर्न पाउनेछौ भन्ने विषय चासोमा छ अहिले ।

रेडियो टेलिफोनदेखि ५ जी सम्म आएको टेक्नोलोजी अझैपनि विकास हुदै नै जानेछ किनभने मोबाइलको प्रयोग र यसको सन्तुष्टी दुवै हामीलाई कहिल्यै पर्याप्त हुदैनन् । अहिले पाचौ पुस्ताको मोवाइल नेटवर्क जेनेरेशनको कुरा चलिरहदा बैज्ञानिक तथा अनुसन्धानकर्ताहरुले छौटौ र सातौ पुस्ताको इन्टरनेटको भविश्ष्वाणी गरिसकेका छन ।