नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले दसैँ बिदाको समयमा पनि कल सेन्टर सञ्चालन गर्ने भएको छ । ग्राहकका जिज्ञासा तथा गुनासो सुनुवाइका लागि कल सेन्टर खुला राख्ने भएको हो ।
कल सेन्टर विदाको अवधि (दशैंको टीकाको दिन बाहेक) हरेक दिन बिहान १० बजे देखि बेलुका ५ बजे सम्म संचालन हुने कम्पनीले जानकारी दिएको छ ।
ग्राहकले इन्स्योरेन्सको कल सेन्टरमा कल, इमेल, ह्वाट्स एप र भाइबर मार्फत आफ्नो गुनासो वा जिज्ञासा राख्ने सक्ने छन् ।