कीवर्डहरू -

कोरियन भाषा परीक्षाको फारम अनलाइन बाट भर्न सकिने

कोरियन भाषा परीक्षाको फारम अनलाइन बाट भर्न सकिने

काठमाडौं। कोरियन भाषा परीक्षाको आवेदन फारम अनलाइनमार्फत भर्न सकिने भएको छ। अनलाइनमार्फत फारम भर्न सकिने भएपछि अब लामो समय लाइनमा बस्ने झन्झट को अन्त भएको छ।

यस वर्ष बाट इपिएस कोरिया शाखाको कोरियन भाषा परीक्षाको शुल्क आईएमई पे , ग्लोबल आईएमई बैंकको अनलाइन, र ई सेवामार्फत भुक्तानी गर्न सकिनेछ। दक्षिण कोरिया जान चाहने कामदार लागि कामदार छनोट गर्न कोरियन भाषा परीक्षाको आवेदन फारम फाल्गुन ८ गते शुक्रबार देखि खुलेको हो।

ग्लोबल बैंकमा रहेको एकाउण्टमा पैसा जम्मा गरिसकेपश्चात प्राप्त हुने नम्बरका आधारमा अनलाइन फारम भर्ना सकिने छ। भने अनलाइन फारम भर्नको लागि www.eoers.epsnepal.gov.np मा लगइन गर्नु पर्ने छ। ईपिएस शाखाले आवेदन फारम भर्दा रातिदेखि लाइनमा नबस्न र हतार नगर्न आग्रह समेत गरेको छ।