कीवर्डहरू -

पिक्सेल सेभेन र पिक्सेल सेभेन प्रो सार्वजनिक, कति पर्छ मूल्य ? 

पिक्सेल सेभेन र पिक्सेल सेभेन प्रो सार्वजनिक, कति पर्छ मूल्य ? 

पिक्सेल सेभेन र पिक्सेल सेभेन प्रो स्मार्टफोन सार्वजनिक भएका छन् । बिहीबार आयोजना भएको एक कार्यक्रममा गूगलले पिक्सेल सेभेन र पिक्सेल सेभेन प्रो स्मार्टफोन सार्वजनिक गरेको हो ।

केही महिनाको लिक, टिजर र सूचनापछि गूगलले आधिकारिक रूपमा पिक्सेल सेभेन सार्वजनिक गरेको छ । पिक्सेल सेभेन र पिक्सेल सेभेन प्रोको प्रि-अर्डर अहिले खुला भएको छ ।

भौतिक रूपमा पिक्सेल सेभेन र पिक्सेल सेभेन प्रो अक्टोबर १३ बाट बजारमा उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ ।

प्रिक्सेल सेभेन

यसमा ६.३ इन्च ओएलईडी डिस्प्ले रहेको छ । गूगलले पिक्सेल सेभेनबाट आफ्नै प्रोसेसर टेन्सर प्रयोग गर्न सुरू गरेको छ । यसैअनुसार पिक्सेल सेभेनमा टेन्सर जीटु प्रोसेसर राखिएको छ ।

८ जीबी र्‍याम रहेको यो फोन १२८ जीबी र २५६ जीबी स्टोरेज भेरियन्टमा उपलब्ध हुनेछ । पिक्सेल सेभेनमा ३० वाटको फास्ट चार्जिङसहित ४ हजार ३५५ एमएएच ब्याट्री प्रयोग गरिएको छ ।

फोनमा ५० मेगापिक्सेलको वाइड र १२ मेगापिक्सेलको अल्ट्रावाइड क्यामेरासहित १०.८ मेगापिक्सेलको फ्रन्ट क्यामेरा उपलब्ध रहेको छ । यसको सुरूवाती मूल्य ५९९ अमेरिकी डलर तोकिएको छ ।

पिक्सेल सेभेन प्रो

पिक्सेल सेभेन प्रोमा ६.७ इन्च ओएलईडी डिस्प्ले रहेको छ । यसमा पनि टेन्सर जीटु प्रोसेसर प्रयोग गरिएको छ । १२ जीबी र्‍याम रहेको यो फोन १२८ जीबी, २५६ जीबी र ५१२ जीबी स्टोरेज भेरियन्टमा उपलब्ध हुनेछ ।

पिक्सेल सेभेनमा ३० वाटको फास्ट चार्जिङसहित ५ हजार एमएएच ब्याट्री प्रयोग गरिएको छ । फोनमा ५० मेगापिक्सेलको वाइड र १२ मेगापिक्सेलको अल्ट्रावाइड क्यामेरासहित १०.८ मेगापिक्सेलको फ्रन्ट क्यामेरा उपलब्ध रहेको छ । यसको सुरूवाती मूल्य ८९९ अमेरिकी डलर तोकिएको छ ।