कीवर्डहरू -

विश्वकै सबैभन्दा हलुका ल्यापटप सार्वजनिक गरेको एसरको दावी, कति छ तौल ? 

विश्वकै सबैभन्दा हलुका ल्यापटप सार्वजनिक गरेको एसरको दावी, कति छ तौल ? 

एसरले विश्वकै सबैभन्दा हलुका ल्यापटप सार्वजनिक गरेको छ । एसरले स्विप्ट एज ल्यापटप अमेरिकामा सार्वजनिक गरेको हो ।

१६ इन्चको फोरके ओएलईडी डिस्प्ले ल्यापटपको तौल १.१७ किलोग्राम रहेको छ । ल्यापटपमा एएमडीको राइजन ६००० सिरिज प्रोसेसर राखिएको छ ।

सामान्य एलमुनियम भन्दा २० प्रतिशत हल्का र दुई गुणा बलियो भएको कम्पनीको दावी छ । ल्यापटपमा १ टिबीको एसएसबी राखिएको छ । यसमा ३ वटा सेल ब्याट्री प्रयोग गरिएको छ ।

विन्डोज ११ मा चल्ने यसमा मल्टिपल कनेक्टिभिटी सपोर्ट र माइक्रोसप्ट प्लुटन सपोर्ट उपलब्ध छ । एसर स्विप्ट एजको मूल्य १ हजार ४९९ अमेरिकी डलर तोकिएको छ ।