विश्वको सबैभन्दा ठूलो क्रिप्टोकरेन्सी एक्सचेञ्ज प्लेटफर्म बाइनान्सबाट १०० मिलियन (१० करोड रूपैयाँ) बढी अमेरिकी डलर चोरी भएको छ ।
बाइनान्सले नै आफ्नो प्लेटफर्मबाट १० करोड बढी चोरी भएको पुष्टि गरेको हो । ह्याकरले सुरुमा झण्डै ५६८ मिलियन डलर बराबरको कुल २ मिलियन बीएनबी (बाइनान्स ब्लकचेन) टोकनहरू चोरेका थिए ।
तर बाइनान्सले बीएनबी चेन निलम्बन गरेपछि ह्याकरहरू १०० मिलियन डलरबढी मात्रै चोरी गर्न सफल भएका छन् । कम्पनीले चेन निलम्बन गरेपछि ह्याकरले बाँकी टोकन स्थान्तरण गर्न सकेनन् ।
बाइनान्सका सीईओ चाङपेङ झाओले एक ट्विटमा १०० मिलियन अमेरिकी डलरदेखि ११० मिलियन अमेरिकी डलर चोरी भएका अनुमान गरिएको बताएका छन् ।
साथै बाइनान्सले बीएनबी चेनमा फेला पारेको प्रत्येक महत्वपूर्ण बगका लागि १ मिलियन डलर दिने बताएको छ ।