लामो समयको प्रतीक्षापछि अभयपुर यातायात प्रालि दोलखाले दुईवटा विद्युतीय माइक्रो बस सञ्चालन गरेको छ । सार्वजनिक यातायातका रूपमा प्रयोग गर्न ल्याइएको गाडी अहिले परीक्षणका रूपमा सञ्चालन गरिएको अभयपुर यातायात प्रालिका अध्यक्ष रविन श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार अहिले परीक्षणका रूपमा जिल्लाको जिरी, सिँगटी, लामाबगर, रामेछापको मन्थली, काठमाडांमा सञ्चालन गरिएको हो । कम्पनीले सिन्धुपाल्चोकको खाडीचौर र दोलखामा चार्जिङ स्टेसन राख्न लागेको छ । अहिले दोलखामै छ किलोवाटबाट चार्जिङ गर्ने गरिएको छ ।
योभन्दा बढी गर्न २२० भोल्ट विद्युत आवश्यक पर्ने हुँदा विद्युत प्राधिकरणसँग समन्वय भइरहेको छ । सबै प्रबन्ध मिलेपछि निकट भविष्यमा दो लखादेखि काठमाडौंसम्म सञ्चालन हुने जानकारी दिँदै अध्यक्ष श्रेष्ठले भने, प्रालिले चिनियाँ कम्पनीको माइक्रो बस ल्याएको हो ।
यो गाडी एक पटकको फुलचार्जमा २५० किलोमिटर गुड्ने र यो गाडीलाई घरको लाइनबाट चार्ज गर्दा पाँच घण्टा लाग्ने गरेको छ ।
अरू गाडीभन्दा भाडा सस्तो हुने देखिएको यो गाडी पहिलो पटक हिमाली जिल्ला दोलखामा सार्वजनिक रूपमा सञ्चालनमा ल्याइएको हुँदा स्थानीय सरकार सहितको सहयोग भएमा सहज हुने अध्यक्ष श्रेष्ठले बताए । गोरखापत्र