कीवर्डहरू -

वेबसाइटले क्रोममा स्टोर गरेको डेटा डिलिट गर्ने उपाय

वेबसाइटले क्रोममा स्टोर गरेको डेटा डिलिट गर्ने उपाय

के तपाई वेबसाइटले क्रोममा डेटा स्टोर गरेको डेटा डिलिट गर्न चाहनुहुन्छ ? त्यसो हो भने अब सजिलै क्रोममा वेबसाइटले स्टाेर गरेको डेटा डिलिट गर्न सकिन्छ ।

यसका लागि गूगलले क्रोमको भर्सन ९७ मा डेटा स्टोर सम्बन्धि फिचर सार्वजनिक गरेको थियो । उक्त फिचरमार्फत प्रयोगकर्ताहरुले वेबसाइटले स्टोर गरिदिएको सबै डेटा डिलिट गर्नसक्छन् । यसका लागि तलको प्रक्रिया प्रयोग गर्नुहोस् ।

सर्वप्रथम गूगल क्रोम खोलेर सेटिङ्गमा जानुपर्ने हुन्छ । अब सेक्युरिटी एण्ड प्राइभेसी मा क्लिक गर्नुहोस् । यति गरेर साइट सेटिङ्गमा क्लिक गरेर भ्यू पर्मिसन एण्ड डेटा एक्रस साइट भन्ने अप्सनमा क्लिक गर्नुपर्ने हुन्छ । त्यहाँ क्लिक गरेर कुन वेबसाईटको क्रोममा स्टोर गरिएको डेटा डिलिट गर्ने भनेर खोज्नुपर्ने हुन्छ ।

खोजेपछि त्यसको अगाडी रहेको फरवार्ड एरोमा क्लिक गर्नुपर्ने हुन्छ । त्यसपछि आएको स्क्रीनमा युसेज सेक्सन अन्र्तगत रहेको क्लियर डेटा अप्सनमा क्लिक गर्नुपर्ने हुन्छ । यसरी वेबसाईटको क्रोममा स्टोर गरिएको डेटा डिलिट गर्न सकिन्छ ।