कीवर्डहरू -

इन्स्टाग्रामबाट पनि अब अनलाईन सपिङ गर्न सकिने

इन्स्टाग्रामबाट पनि अब अनलाईन सपिङ गर्न सकिने

काठमाडौं। इन्स्टाग्रामका  प्रयोगकर्ताले  अब इन्स्टाग्रामबाटै अनलाईन सपिङ गर्न सक्नेछन। सोसल मिडियामा यो नयाँ परिक्षण पनि हो।

विभिन्न कम्पनीका उत्पादन तथा सामाग्रीको तल चेकआउट बटन फिचर प्रदान गरिने छ। उक्त फिचरको सहयोग बाट अनलाईन खरिद गर्न सकिने भएको हो। अहिले अमेरिकामा यो परिक्षण भईरहेको छ।

इन्स्टाग्राम बाट सपिङ गर्दा  पैसापनि  इन्स्टाग्रामबाटै तिर्न सकिने जनाइएको छ। इन्स्टाग्रामले यो सुविधाको बारेमा मंगलबार जानकारी दिएको हो। स्मरण रहोस  इन्स्टाग्राममा फेसबुकको स्वामित्व रहेको छ।