कीवर्डहरू -

कात्तिकदेखि शनिबार सञ्चालन हुँदै आएको विद्युत महशुल संकलन काउन्टर बन्द हुने

कात्तिकदेखि शनिबार सञ्चालन हुँदै आएको विद्युत महशुल संकलन काउन्टर बन्द हुने

शनिबार सञ्चालन हुँदै आएको विद्युत महशुल संकलन काउन्टर बन्द हुने भएको छ । एक सूचना प्रकाशित गर्दै नेपाल विद्युत प्राधिकरणले आउँदो कात्तिक १ गतेदेखि लागु हुने गरी  शनिबार सञ्चालन हुँदै आएको विद्युत महशुल संकलन काउन्टर बन्द हुने जानकारी दिएको हो ।

यसअघि ग्राहकको भीडलाई मध्यनजर गर्दै प्राधिकरणले अतिरिक्त सहुलियतका रूपमा शनिबार पनि विद्युत महशुल संकलन काउन्टर खोल्दै आएको थियो ।

तर अब खोलिराख्न आवश्यक नभएकाले असोज ११ गतेको निर्णय अनुसार काउन्टर बन्द हुने लागेको प्राधिकरणले जनाएको छ ।

हाल हरेक दिन विहान १० बजेदेखि राति १२ बजेसम्म विभिन्न सेवा प्रदायक मार्फत अनलाइन भुक्तानी माध्यबाट भुक्तानी गर्न सकिने व्यवस्था प्राधिकरणले गरेको छ ।

ग्राहकले ईसेवा, खल्ती, इसेवा, सेलपे, सजिलो पे, आईएमई पे, पे वेल, नमस्ते पे, आईक्यास, हिमालयन बैंक, प्रभु बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक र महालक्ष्मी विकास बैंकबाट महशुल तिर्न सकिने छ ।