कीवर्डहरू -

चाडपर्वमा साओमीका मोबाइल खरिद गर्दा ३ हजारसम्म छुट

चाडपर्वमा साओमीका मोबाइल खरिद गर्दा ३ हजारसम्म छुट

साओमीले चाडपर्वको अवसर पारेर सिमित अवधिको लागि आफ्नो मोबाइल सेटहरुमा उल्लेखनीय रुपमा मूल्य छुट गरेको छ । चाडपर्वको शुभ अवसर पारेर आफ्ना उपभोक्ताहरुको लागि यो तिहार विशेष योजना ल्याइएको कम्पनीले जनाएको छ ।

यस बारेमा बोल्दै साओमी नेपालका कन्ट्रि जेनेरल म्यानेजर अमित कुमार पंडालले नेपालीहरुको महान चाड तिहार नजिकिँदै गरेको उपलक्ष्यमा उपभोक्ताहरुको लागि साबिक भन्दा कम मूल्यमा मोबाइल फोन उपलब्ध गराइरहेको बताए ।

यो अफर अन्तर्गत उपभोक्ताहरुले रेडमी नोट ११ सिरिजमा रु. १०००, साओमी १२ सिरिजमा रु. ३००० र भर्खरै सार्वजनिक गरिएको पोको एम फाइभमा रु. ५०० सम्मको छुटमा मोबाइल सेट खरिद गर्न सक्नेछन् । यो अफर असोज २४ गते देखि कार्तिक १४ गते सम्म लागु हुनेछ ।