कीवर्डहरू -

एआर/भिआर स्पेसबारे वेबिनार आयोजना गर्दै हुँदै

एआर/भिआर स्पेसबारे वेबिनार आयोजना गर्दै हुँदै

टेक वेबिनार नेपालले एआर/भिआर स्पेसबारे वेबिनार आयोजना गर्ने भएको छ । आइतबार २३ अक्टोबरमा हुन गईरहेको सो कार्यक्रम बेलुकाको ६ बजे देखि सुरु हुनेछ ।

यो टेक वेबिनार नेपालको ४८ औँ श्रृखंला हो । यस कार्यक्रममा एआर तथा भिआर प्रविधिको बारेमा छलफल गरिनेछ । यस कार्यक्रमको वक्ताको रुपमा फ्रिडम लर्निंगको टेक्निकल अथर अनिल सापकोटा रहने भएका छन् ।

यसमा वेबमा आधारित डेमो र करिअर च्वाइसको बारेमा छलफल गरिनेछ । सापकोटालाई एक्सआर प्रविधि तर्फ बढि चासो रहेको छ ।

उनी पहिले माईक्रोसफ्टमा क्लाउड इन्जिनियरको रुपमा पनि काम गरेका थिए । कार्यक्रममा सहभागी हुन् यहाँ क्लिक गरि फर्म भर्नुहोस् ।