कीवर्डहरू -

नासाको स्पेस प्रविधिले विद्युतीय गाडी ५ मिनेट भित्रै चार्ज गर्न सक्ने

नासाको स्पेस प्रविधिले विद्युतीय गाडी ५ मिनेट भित्रै चार्ज गर्न सक्ने

नासाको स्पेस प्रविधिले विद्युतीय गाडीलाई ५ मिनेट भित्रै चार्ज गर्न सक्ने भएको छ । यो प्रविधि नासाले अन्तरिक्षमा सामानलाई चिसो बनाउन डिजाइन गरेको थियो तर यसले विद्युतीय गाडीलाई ५ मिनेट भित्रै चार्ज गर्न सक्छ ।

यस प्रविधिलाई सबकुल्ड फ्लो बोइलिंग भन्ने गरिन्छ । यसले चार्जिंग केबलमा तापक्रमको ट्रान्सफरलाई सुधार गर्ने गर्दछ जसले गर्दा ईभीको चार्जरमा बढि विद्युतीय करेन्ट ट्रान्सफर हुन मद्दत पुर्याउन्छ ।

चार्ज एम्पटी भएमा पनि पाँच मिनेट भित्रै सबकुल्ड फ्लो बोइलिंग प्रविधिलाई प्रयोग गरेर चार्ज गर्न सकिन्छ । नासाको अनुसार १४०० एएम्पी चार्जले तपाईको गाडी पाँच मिनेटमा चार्ज हुने गर्दछ ।

अहिलेसम्म विद्युतीय गाडीको एडभान्सड चार्जरले ५२० एएम्पीको करेन्ट पास गर्ने गर्दछ र स्टयाण्डर्ड चार्जरले १५० एएम्पीको करेन्ट पास हुन् दिन्छ । धेरै चार्ज बोक्ने केबललाई पनि नासाको यो नयाँ प्रविधिले कुल डाउन गरिदिने गर्दछ ।