कीवर्डहरू -

१ करोडले प्रयोग गर्न थाले सस्तोडिल

१ करोडले प्रयोग गर्न थाले सस्तोडिल

नेपाली ई-कमर्स कम्पनी सस्तोडिलका प्रयोगकर्ता १ करोड पुगेका छन् । सन् २०११ मा ५० हजार रुपैयाँ लागानीमा सुरु भएको सस्तोडिल १ करोडले प्रयोग गर्न थालेका हुन् ।

सस्तोडिलले १ करोड युनिक प्रयोगकर्ता बनाएको कम्पनीका संस्थापक अमुन थापाले जानकारी दिए । नेपालमा इन्टरनेटको पहुँच ९ प्रतिशत भएको बेला सस्तोडिल सुरू भएको थियो ।

अहिले देशका अधिकांश ठाउँमा इन्टरनेटको पहुँच पुगेको छ । इन्टरनेटको पहुँच बढ्दै जाँदा अनलाइनबाटै शपिङ गर्ने चलन पनि बढ्दै गएको छ ।

सस्तोडिलको वेबसाइट र मोबाइल एपबाटै सामान खरिद गर्न सकिन्छ । सस्तोडिलबाट फ्लिपकार्ट र मिन्त्रका सामानहरू समेत अर्डर गर्न सकिन्छ ।