कीवर्डहरू -

नेटवर्क सेवा प्रदायक नेपाल इन्फ्रा एण्ड कम्युनिकेशन प्रालिको लाइसेन्स खारेज

नेटवर्क सेवा प्रदायक नेपाल इन्फ्रा एण्ड कम्युनिकेशन प्रालिको लाइसेन्स खारेज

नेपाल दूरसञ्चार प्राधिकरणले नेटवर्क सेवा प्रदायकको अनुमतिपत्र प्राप्त संस्था नेपाल इन्फ्रा एण्ड कम्युनिकेशन प्रालिको लाइसेन्स खारेज गरेको छ ।

नविकरणका लागि नियमानुसार निवेदन पेश नगरेपछि नेपाल इन्फ्रा एण्ड कम्युनिकेशन प्रालिको अनुमतिपत्र दूरसञ्चार ऐन, २०५३ को दफा २५(५) बमोजिम स्वतः खारेज भएको हो ।

साथै नेटवर्क सेवा प्रदायक संचालन गरे वापत नियमानुसार तिर्न/बुझाउन कुनै दस्तुर देखिएमा उक्त रकम तिर्नु/बुझाउनु पनि प्राधिकरणले सूचित गरेको छ ।

अन्यथा उपरोक्त बाँकी बक्यौता रकम सरकारी बाँकी सरह प्रचलित कानून अनुसार असुल उपर गरिने व्यहोरा समेत दूरसञ्चार प्राधिकरणले जानकारी दिएको छ ।