कीवर्डहरू -

लगातार ४५ दिन पबजी खेलेका एक युवकको मृत्यु

लगातार ४५ दिन  पबजी  खेलेका एक युवकको मृत्यु

लोकप्रिय अनलाइन भिडियो गेम पबजी खेलेर समस्यामा परेको विभिन्न रिपोर्टहरु आईरहेका छन् । हालै पबजी खेलेर एक जना प्लेयरको मृत्यु भएको समाचार सार्वजनिक भएको छ ।

तर हालै पबजी लगातार ४५ दिन खेलेका एक युवकको मृत्यु भएको छ । भारतको तेलंगाना राज्यका जगतेल जिल्लाका २० वर्षे युवक सागरको लगातार पबजी खेल्दा मृत्यु भएको हो । छिमेकी मुलुक भारतमा पबजी निकै लोकप्रिय अनलाइन गेम हो । जहाँ यो अनलाइन गेम खेल्नेहरुको संख्या पनि अत्यधिक रहेको छ ।

PUBG को बारेमा थप जानकारी लिन यहाँ क्लिक गर्नुहोस


रिपोर्टअनुसार उनी ४५ दिनदेखि लगातार पबजी मोबाइल गेम खेलिरहेका थिए जसका कारण उनको घाँटीको पछाडिको भागमा निकै दुख्न थालेको थियो । दुखाई असहनीय भएपनि उनी हैदराबादको अस्पतालमा भर्ती भएका थिए, जहाँ उपचारको क्रममा मृत्यु भएको थियो ।

उनको उपचार गरिरहेका डाक्टरहरुले लगातार गेम खेलिरहेकाको कारण उनको घाँटीको नसा निकै नराम्रोसँग क्षतिग्रस्त भएको थियो । मोबाइलमा लगातार गेम खेलेर सागरको मृत्यु भएपछि उनका साथीहरुले पबजी खेल्ने मानिसहरुलाई सचेत गराईरहेका छन् ।

सो नयाँ फीचरअनुसार अब भारतमा प्लेयरहरुले दैनिक ६ घण्टाभन्दा बढि पबजी खेल्न पाउने छैनन् । प्लेयर्सलाई पबजी खेलेको ४ घण्टापछि हेल्थ नोटिफिकेसन दिनेछ भने त्यसको २ घण्टापछि प्लेयरको गेम अटोमेटिकली लग आउट हुनेछ । ६ घण्टाको समयाबधिपछि प्लेयरले पबजी अर्को २४ घण्टापछि मात्र खेल्न पाउनेछन् ।