कीवर्डहरू -

साझा अनलाइन सपिङको ‘तिहार धमाका’, सामान खरिदमा ८२ प्रतिशतसम्म छुट र निःशुल्क डेलिभरी सेवा

साझा अनलाइन सपिङको ‘तिहार धमाका’, सामान खरिदमा ८२ प्रतिशतसम्म छुट र निःशुल्क डेलिभरी सेवा

ई-कमर्स कम्पनी साझा ले तिहारको अवसरमा ‘तिहार धमाका’ अफर ल्याएको छ । यस अफर अन्तर्गत साझाबाट कुनै पनि सामान खरिद गर्दा ८२ प्रतिशतसम्म छुट पाइने छ ।

साझाबाट अनलाइन सामान अर्डर गर्दा काठमाडौं उपत्यकामा निःशुल्क डेलिभर हुने कम्पनीले जनाएको छ । साथै साझा डटकम डट एनपीमा गएर साइन अप गर्दा पहिलो अर्डरमा ५० रूपैयाँ क्यासब्याक पाइने छ ।

साझा डटकम डटएनपीबाट फेसन, इलेक्ट्रोनिक्स, होम अपलायन्सेस, अटोमोटिभ, लाइफस्टाइल, किड्स, बेबी केयर, स्पोर्ट्स, ग्रोसरी, हेल्थ, ब्युटी लगायतका सामानहरू खरिद गर्न सकिन्छ ।

साझा अनलाइन सपिङले ग्राहकको सन्तुष्टिलाई विशेष ध्यान दिदै आवश्यकता अनुसार नयाँ प्रडक्ट थप्दै पनि जाने बताएको छ । साझाले अबको केही महिनामै मोबाइल एप पनि सार्वजनिक गर्ने तयारी गरेको छ ।

साझामा अहिले ५०० बढी सेलर र १ लाख २० हजार प्रयोगकर्ता रहेका छन् । १ लाख २० हजार प्रयोगकर्ता मध्ये ३० प्रतिशत ग्राहक काठमाडौं उपत्यका बाहिरका छन् ।

यो पनि पढ्नुहोसः रिब्राण्डिङ भयो साझाडिल डटकम, नयाँ नाम, स्लोगन, लोगो र वेबसाइट सार्वजनिक