कीवर्डहरू -

जलवायु इन्नोभेसन, अनुसन्धान र नवीनता बारे सिकाउँदै टेक एजुकेसन नेपाल

जलवायु इन्नोभेसन, अनुसन्धान र नवीनता बारे सिकाउँदै टेक एजुकेसन नेपाल

टेक एजुकेसन नेपालले जलवायु इन्नोभेसन, अनुसन्धान र नवीनताको विषयमा अनलाइन सेमिनार तथा वेबिनार आयोजना गरिरहेको छ ।

टेक एजुकेसन नेपालले आयोजना गरेको जलवायु इन्नोभेसन, अनुसन्धान र नवीनताको विषयमा अहिलेसम्म १ हजार बढीले अनलाइनबाट ज्ञान लिइसकेका छन् ।

यसअघि टेक एजुकेसन नेपालले जलवायु इन्नोभेसन, अनुसन्धान र नवीनताको विषयमा विश्वका विज्ञ प्रोफेसनलहरुलाई बोलाएर प्रशिक्षण दिईसकेको छ भने दुर्गम क्षेत्रमा पनि सरसफाई, महिनावारी सरसफाई र वातावरणमैत्री कार्यक्रमहरु सञ्चालन गरिसकेको छ ।

टेक एजुकेसन नेपालले जलवायु इन्नोभेसन, अनुसन्धान र नवीनताको क्षेत्रका विभिन्न विज्ञहरुलाई बोलाएर विभिन्न समयमा अनलाइन सेमिनार तथा वेबिनार आयोजना गर्दै आएको छ ।

संस्थाले यंगओ ओसन ग्रुपसँग सहकार्य गरेर मरिन प्रोजेक्ट आयोजना गरेको थियो । यो संस्था सिसिटजनसीप एन्टरप्रेनरशीप कम्पीटिसनमा बेस्ट आईडिया विधामा छनौट भएको थियो । संस्थालाई यंग टाइकुन बिजनेश च्यालेन्जमा १२ हजार विश्वव्यापी आवेदक मध्य शीर्ष सय पहलमा स्थान पनि दिइएको थियो ।