कीवर्डहरू -

कसमस कलेजका विद्यार्थीलाई लाराभेल सिकाउँदै योङ माइन्ड्स, कसरी हुने सहभागी ?

कसमस कलेजका विद्यार्थीलाई लाराभेल सिकाउँदै योङ माइन्ड्स, कसरी हुने सहभागी ?

सूचना प्रविधि कम्पनी योङ माइन्ड्सले लारामाइन्ड्स कार्यक्रमका लागि कसमस कलेज अफ म्यानेजमेन्ट एण्ड टेक्नोलोजीसँग साझेदारी गरेको छ ।

उक्त साझेदारी पत्रमा योङ माइन्ड्स क्रियसनका संस्थापक डा. अभिजित गुप्ता र कसमस कलेजका प्रधानध्यापक डा. पवन भट्टराईबीच बिहीबार हस्ताक्षर भएको हो ।

कार्यक्रममा कसमस कलेजको तर्फबाट सहायक प्रधानध्यापक डा. विन्दु श्रेष्ठ, शैक्षिक निर्देशक ई. सन्तोष कुमार श्रेष्ठ,  असिस्टेन्ट प्रोफेसर डा. बाबु राम दुवाडीको उपस्थिति रहेको थियो भने योङ माइन्ड्का तर्फबाट ईभेन्ट/कम्युनिकेसन अफिसर रसु खड्का र सहकर्मी पुजा शाहको सहभागिता थियो ।

यस साझेदारीले कसमस कलेजका विद्यार्थीहरूलाई लाराभेल प्रोग्रामिङ सिक्न र त्यसमा व्यवसायिक रूपमा लाग्न सक्षम बनाउने बताइएको छ । यसले एकेडेमीया र उद्योगबीचको दूरी कम गर्ने अपेक्षा गरिएको छ ।

योङ माइन्ड्स क्रियसनका संस्थापक डा. अभिजित गुप्ताका अनुसार यो सामाजिक कार्यक्रमले विद्यार्थीलाई आफ्नो करियरमा अझै वृद्धि ल्याउन मद्दत पुर्‍याने छ ।

विशेष गरी अन्तिम वर्षमा अध्ययन गरिरहेका विद्यार्थी र फ्रेस ग्राजुएटहरूलाई लाराभेलको तालिम दिन आपुहरू उत्साहित रहेको उनले बताए ।

त्यस्तै हस्ताक्षर कार्यक्रममा कसमस कलेजका प्रधानध्यापक डा. पवन भट्टराईले लारामाइन्ड्स कार्यक्रम योङ माइन्ड्सबाट ठूलो पहल भएको बताए ।

योङ माइन्ड्सले लारामाइन्ड्स कार्यक्रमको समयमा आवश्यक पर्ने स्रोत, प्रशिक्षक र परियोजना निर्देशिका प्रदान गर्नेछ । लाराभेल सिक्न चाहने कसमसका विद्यार्थीले यहाँ क्लिक गरी आफ्नो नाम दर्ता गराउन सक्नेछन् ।