कीवर्डहरू -

महंगा मोबाइल फोन आयातमा लागेको प्रतिबन्ध कायमै, अब मंसिर २९ गतेसम्म आयात नहुने

महंगा मोबाइल फोन आयातमा लागेको प्रतिबन्ध कायमै, अब मंसिर २९ गतेसम्म आयात नहुने

सरकारले ३०० डलरमाथिका फोनमा प्रतिबन्ध कायमै राखेको छ । यसअघि असोज २८ गतेसम्म रहेको प्रतिबन्ध लम्ब्याउँदै सरकारले मंसिर १९ गतेसम्म पुर्‍याएको हो ।

असोज २८ गते बसेको मन्त्रीपरिषद् बैठकले महंगा फोनमा लागेको प्रतिबन्ध लम्ब्यासँगै अब तिहारमा पनि मिडरेञ्जका फोन आयात हुने छैनन् । तर पनि बजारमा महंगा फोनहरू अवैधानिक रूपमा भित्रिएका छन् ।

विदेशी मुद्रा सञ्चिति घटेको भन्दै विलासी वस्तुको आयात रोक्न सरकारले विभिन्न शिर्षकका वस्तुमा लामो समयदेखि प्रतिबन्ध लगाउँदै आईरहेको छ ।

बजारमा अत्याधिक माग रहने मिडरेन्ज फोनकै आयातमा प्रतिबन्ध लगाएपछि फोनको कालोबजारी बढ्नेमा आधिकारिक विक्रेताहरु चिन्ता व्यक्त गर्न थालेका छन् ।