कीवर्डहरू -

माईक्रोसफ्ट अफिस रिब्रयाण्डिङ हुँदै, अब \'माईक्रोसफ्ट ३६५\' नामले चिनिने

माईक्रोसफ्ट अफिस रिब्रयाण्डिङ हुँदै, अब \'माईक्रोसफ्ट ३६५\' नामले चिनिने

माईक्रोसफ्टले अफिसलाई रिब्रयाण्ड गरेर माईक्रोसफ्ट ३६५ बनाएको छ । स्थापना भएको ३२ वर्षपछि माईक्रोसफ्टले अफिस ब्राण्डलाई हटाउने भएको छ । अब माईक्रोसफ्ट अफिस पनि माईक्रोसफ्ट ३६५ कै रुपमा चिनिनेछ ।

माईक्रोसफ्ट अफिस पहिलो चोटि सन् १९९० मा सार्वजनिक भएको थियो । सन् २०१७ मा माइक्रोसफ्टले अफिसको फिचर सब्सक्रिप्सन  अन्र्तगत राखेको थियो र अब सन् २०२२ मा माईक्रोसफ्ट ३६५ को रुपमा रिब्रयाण्ड गरेको छ ।

यसमा क्लाउडमा आधारित फिचर तथा एपहरु रहेका छन् । आधिकारिक रुपमा रिब्रयाण्डिङ नोभेम्बर देखि सुरु हुने भएको छ । यसबाट पनि वर्ड, एक्सेल, पावरपोइन्ट र आउटलुकको पहुँच प्राप्त गर्न सकिन्छ ।