कीवर्डहरू -

अशक्त विद्यार्थीलाई साओमीको सांगीतिक उपकरण र खेलकुद सामग्री

अशक्त विद्यार्थीलाई साओमीको सांगीतिक उपकरण र खेलकुद सामग्री

साओमीले डिस्एबल्ड स्ट्युडेन्ट एसोसिएशनलाई सांगीतिक उपकरण र खेलकुद सामग्रीहरु उपलब्ध गराएको छ । साओमी नेपालले समाजमा सकारात्मक प्रभाव ल्याउन सक्रिय रूपमा अप्ठेरोमा परेकाहरूलाई मद्दत गर्दै आएको छ ।

कार्यक्रमबारे बोल्दै साओमी नेपालका कन्ट्री जेनेरल म्यानेजर अमित कुमार पंडाले चाडपर्व नजिकिँदै गर्दा दुःखमा परेकाहरुलाई सहयोग गर्ने यो भन्दा राम्रो अवसर अरु नभएको बताए ।

साओमी नेपालले आफ्नो समुदायमा सेवा प्रदान गर्नका लागि विभिन्न गतिविधिहरू गर्दै आएको छ । विद्यार्थीहरूसंग समय बिताई साओमी नेपालले डिस्एबल्ड स्ट्युडेन्ट एसोसिएशनका विद्यार्थीहरूलाई खेलकुदका सामग्री तथा संगीतका साधनहरू उपलब्ध गराउन मद्दत गरेको छ ।

साओमी नेपालका कन्ट्री जेनेरल म्यानेजर अमित कुमार पंडाले डीएसए स्कूलका प्रिन्सिपल दयाराम महर्जनलाई सामग्री हस्तान्तरण गरेका थिए ।

साओमी नेपालले टेकवान्डो जस्ता खेलकुदमा संलग्न बालबालिकाहरूलाई उनीहरूको प्रतिभा र आत्मरक्षा सीपहरू निखार्न खेल सामग्रीहरू र संगीतमा इच्छुकहरुका लागि हर्मोनियम, धिमे, सारंगी र तबला जस्ता सांगीतिक यन्त्रहरू उपलब्ध गराएको छ ।

साओमी नेपालले समाजप्रतिको आफ्नो जिम्मेवारीबारे सचेत एक परोपकारी व्यवसायिक संस्था हो । शाओमी नेपालले समाजमा केहि सकारात्मक गर्ने र खुशी फैलाउने कुरामा दृढ विश्वास गर्दछ ।

विगतका दिनहरुमा पनि शाओमी नेपालले धेरै कल्याणकारी कार्यक्रमहरु आयोजना गर्दै आएको छ र भविष्यमा पनि यस्ता कार्यक्रमहरु आयोजना गरिरहनेछ ।