कीवर्डहरू -

विद्युतीय गाडीमा ब्याट्रीको तापक्रम मनिटर गर्नु किन आवश्यक हुन्छ ?

विद्युतीय गाडीमा ब्याट्रीको तापक्रम मनिटर गर्नु किन आवश्यक हुन्छ ?

विद्युतीय सवारीसाधनको सबैभन्दा महत्वपूर्ण पक्ष भनेको ब्याट्री हो । विद्युतीय साधनमा प्रयोग हुने ब्याट्री ‘लिथियम आयन’ बाट बनेको हुन्छ । लिथियम आयन ब्याट्रओलाई धेरै तोतो र धेरै चिसो तापक्रममा राख्नु हुँदैन् ।

त्यसकारण विद्युतीय सवारीसाधन निर्माताले ब्याट्री र यसको तापक्रम मनिटर गर्ने प्रणालीको विकास गरेका छन् । धेरैजसो विद्युतीय गाडीमा प्रयोग हुने लिथियम आयन ब्याट्रीले उच्च तापक्रम धान्न सक्दैन् ।

आफ्नो विद्युतीय गाडीको ब्याट्रीलाई उच्च तापबाट टाढा राखेमा ब्याट्री सुरक्षित हुन्छ । लिथियम आयन ब्याट्रीले  चरम तापक्रममा काम गर्न सक्दैन् । त्यसकारण ब्याट्रीलाई फ्रिजिंग तापक्रमभन्दा तल पनि जान दिनुहुँदैन् र ओभरहिट हुन पनि दिनुहुँदैन् । वातावरणको चिसो तापमानमा विद्युतीय गाडीको उत्पादकले पनि चार्ज नगर्न आग्रह गरिरहेका हुन्छन् ।

बरफ जस्तो चिसो तापक्रमले ईभीको ब्याट्रीलाई क्षति पुर्‍याउने गर्दछ तर धेरै तातो भए पनि त्यति नै नोक्सानी हुने गर्दछ । चार्ज गर्दा ब्याट्रीमा थर्मल इभेन्ट हुन्छ, जसकारण ब्याट्री एकदमै तात्तिने गर्दछ । यसलाई सही तरिकाले चिसो बनाउन सकिएन् भने लामो समयसम्म गाडीमा समस्या सिर्जना गर्न सक्छ । धेरै समयसम्म ताप रहि रह्यो भने त्यसले गाडीमा आगो समेत बल्न सक्छ ।

अहिलेका नयाँ विद्युतीय गाडी निर्माता कम्पनीहरुले ब्याट्रीको कुलिङ प्रणालीमा विशेष ध्यान दिने गर्दछन् । ईभीमा राम्रो किसिमको थर्मल मनिटरिंग र रेगुलेसन प्रणाली हुन्छ, जसले ब्याट्रीको तापलाई ध्यान दिन्छ । ब्याट्री धेरै तात्तिएमा यो प्रणालीले चार्ज गर्ने सिस्टमलाई फाइन ट्युन गरेर तापक्रमलाई मिलाउने गर्दछ ।

लिक्वीड कुलिङ प्रणाली

ईभी ब्याट्रीलाई चिसो बनाउने थुप्रै तरिकाहरु रहेका छन् । ती मध्ये एक हो, लिक्वीड कुल्यान्ट प्रयोग गर्ने तरिका । हावाले ब्याट्री चिसो गर्ने तरिकालाई बुझेर तरल पदार्थले चिसो गर्ने तरिकाको सुरुवात भएको हो ।

हावाले चिसो बनाउने तरिका पहिले देखिनै प्रयोग हुँदै आएको छ । पोस्र्च ९११ मा पहिलेदेखि नै हावाले चिसो बनाउने तरिका प्रयोग गर्दै आएको छ । हावाले चिसो बनाउने तरिका पहिलेदेखिनै प्रयोग हुँदै आएता पनि तरल पदार्थले चिसो बनाउने बढी प्रभावकारी देखिएको छ ।

तरल पदार्थले हिट ट्रान्सफर बढी गर्ने गर्छ, जसले गर्दा चिसो बनाउन सहज हुन्छ । तर अहिले पनि निसान लिफ जस्ता केही विद्युतीय गाडीमा हावाले चिसो बनाउने तरिका प्रयोग गर्दै आएका छन् । धेरै गर्मी हुने ठाउँका लागि लिक्वीड कुलिङ प्रणाली राम्रो हुन्छ । लिक्वीड कुलिङ प्रणालीले तातोपन सोस्ने गर्दछ र त्यो तापलाई रेडियटरले फ्यानको प्रयोगबाट चिसो गर्ने गर्दछ ।

कुलिङ प्रणालीले खिया लाग्ने समस्यालाई पनि रोक लगाउँछ । विद्युतीय गाडीलाई धेरै सर्भिसिङ गर्नु हुँदैन् भन्ने सोच मानिसको दिमागमा आउँछ । तर ईभीको प्रविधि पनि अरू सामान्य गाडीसँग धेरै मेल खाने हुँदा समय समयमा सर्भिसिङ गर्नुपर्छ ।

विद्युतीय गाडीको ब्याट्री एकदमै नाजुक हुने हुँदा थर्मल आवश्यकतालाई पूरा गर्नुपर्ने हुन्छ । विद्युतीय गाडीको भविष्य तरल पदार्थले कुलिङ गर्ने नै रहेको छ ।