कीवर्डहरू -

वर्डक्याम्प नेपाल आयोजना हुँदै, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय वक्ताले प्रस्तुती दिने 

वर्डक्याम्प नेपाल आयोजना हुँदै, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय वक्ताले प्रस्तुती दिने 

चितवनको भरतपुरमा वर्डक्याम्प नेपाल २०२२ आयोजना हुने भएको छ । सन् २०१२ देखि नेपालमा आयोजना हुँदै आएको वर्डक्याम्प यस वर्ष भरतपुरमा आयोजना हुने भएको हो ।

भरतपुरको चितवन गार्डेन रिसोर्टमा कात्तिक १९ र २० गते आयोजना हुने वर्डक्याम्पमा वर्डप्रेस डेभलपर्स, प्रयोगकर्ता र यसप्रति चासो राख्ने पाँचसय भन्दा बढीले सहभागीता जनाउने छन् ।

दुई दिने वर्डक्याम्पलाई इभेन्ट डे र कन्ट्रब्युसन डे भनेर दुई भागमा विभाजन गरिएको छ । यसक्रममा आपसी जनसम्पर्क विस्तार र सहभागी बीच अनुभवहरूको आदानप्रदान हुनेछ ।

सहभागीहरूले उपलब्धिमुलक ज्ञान र जानकारीहरू विश्वस्तरका स्पीकर्सबाट प्राप्त गर्ने छन् । सहभागीहरू बीच एक आपसमा सौहार्द, मित्रवत र खुला हृदय कायम राख्न वर्डक्याम्प नेपालले आचारसंहिता समेत बनाएको छ ।

२५ भन्दा बढी अनुभवी राष्ट्रिय तथा अन्तराष्ट्रिय स्पिकरहरूले विभिन्न शीर्षकमा प्रस्तुती दिने, जनसम्पर्क विस्तार र अवसरहरूको आदानप्रदान वर्डप्रेस कार्यशाला, वर्डप्रेसको विकासका लागि योगदानविज्ञहरूसँग प्रत्यक्ष सम्पर्क र विभिन्न शत्र यस क्याम्पका प्रमुख आकर्षण हुन् ।

वर्डक्याम्प वर्डप्रेससम्बन्धी विश्वव्यापी रूपमा आयोजना हुने अन्तर्राष्ट्रिय कार्यक्रम हो । विश्वका ६५ देशका ३७९ शहरहरूमा एक हजार एक सय चौबीस वर्डक्याम्पहरू सम्पन्न भइसकेका छन् ।

नेपालमा पनि हालसम्म देशको राजधानी काठमाडौं, पोखरा, भरतपुर, विराटनगर र बुटवल गरी १४ वटा वर्डक्याम्प सफलतापूर्वक सम्पन्न भइसकेका छन् ।