कीवर्डहरू -

चार्जर बिना आईफोन बिक्री गरेको भन्दै एप्पललाई १९ मिलियन डलर जरिवाना

चार्जर बिना आईफोन बिक्री गरेको भन्दै एप्पललाई १९ मिलियन डलर जरिवाना

एप्पलले चार्जर बिना आईफोन बिक्री गरेको भन्दै ब्राजिलमा पनि १९ मिलियन डलर जरिवाना तिर्नु परेको छ । ब्राजिलसँगको अदालतमा मुद्दा हारेपछि एप्पलले ब्राजिलियन कन्ज्युमर एसोसियसनलाई सय मिलियन रियल अर्थात १९ मिलियन डलरको जरिवाना भुक्तानी गर्नुपर्ने भएको हो ।

ब्राजिलियन कन्ज्युमर एसोसियसनले साओ पाअलो स्टेट कोर्टमा एप्पल विरुद्ध मुद्दा उजुरी गरेको थियो । १९ मिलियन डलरको जरिवाना मात्रै नभएर अदालतले आईफोन १२ र १३ खरिद गर्ने सबै ग्राहकलाई चार्जर पनि प्रदान गर्नुपर्ने बताएको छ र नयाँ डिभाइस किन्नेहरुकालागि पनि चार्जर उपलब्ध हुनुपर्ने बताएको छ ।

एउटा प्रडक्ट चलाउन अर्काे खरिद गर्नुपरिरहेकाले उपभोक्ताहरुलाई समस्या भईरहेको अदालतको फैसला रहेको छ । सन् २०२० देखि एप्पलले चार्जर बिनानै आईफोनको बिक्री गर्दै आएको छ । वातावरणमा हुने हानीलाई कम गर्न एप्पलले चार्जर बिना आईफोन बेच्न थालेको थियो ।