कीवर्डहरू -

माइक्रोसफ्टले किन बन्द गर्न चाहन्छ विन्डोज ७ ?

माइक्रोसफ्टले किन बन्द गर्न चाहन्छ विन्डोज ७ ?

काठमाडौं । सफ्टवेयर जायन्ट माइक्रोसफ्टले आफ्नो विन्डोज अपरेटिङ सिस्टम विन्डोज ७ बन्द गर्दै छ । २०२० को जनवरी १४ देखि विनडोज ७ का लागि सपोर्ट नगर्ने माइक्रोसफ्टले बताइसकेको छ ।

माइक्रोसफ्टले विन्डोज १० लाई प्रवद्र्धन गर्दै आइरहेको छ । तैपनि लाखौं प्रयोगकर्ता अझै विन्डोज ७ मै रमाइरहेका छन् । अझै पनि विन्डोज प्रयोगकर्तामध्ये ४३ प्रतिशत प्रयोगकर्ताले आफ्नो पिसीमा विन्डोज ७ नै चलाइरहेका छन् । तर विन्डोज ७ मा धेरै समस्याहरु आइरहेका छन् । आधुनिक एपहरु विन्डोज ७ मा चलाउन गार्हो छ ।

प्रयोगकर्ताले विन्डोज ७ र अफिस २०१० अपग्रेड गरिदिउन् भन्ने चाहना कम्पनीको छ । यही कारण माइक्रोसफ्टले विन्डोज ७ का प्रयोगकर्ताहरुलाई नोटिफिकेशन पठाउन सुरु गरेको छ । जसमा कम्पनीले अब विन्डोज ७ अपरेटिङ सिस्टमको लागि अपडेट उपलब्ध नगराउने भनिएको छ ।

उसले सिधै विन्डोज १० चलाउन नभने पनि प्रयोगकर्तालाई अप्रत्यक्ष रुपमा जानकारी गराएको छ । नोटिफिकेशनमा यो लिंक microsoft.com/windows7 मार्फत् विन्डोज १० प्रयोग गर्न प्रोत्साहन दिइएको छ ।