कीवर्डहरू -

लारामाइन्ड्सको प्लेसमेन्ट पार्टनरमा इन्टर्नसाथी

लारामाइन्ड्सको प्लेसमेन्ट पार्टनरमा इन्टर्नसाथी

सूचना प्रविधि कम्पनी योङ माइन्ड्स र इन्टर्नसाथीबीच सम्झौता भएको छ । योङ माइन्ड्सको सामाजिक कार्यक्रम लारामाइन्ड्सको पहिलो प्लेसमेन्ट पार्टनरका रूपमा इन्टर्नसाथीसँग सहकार्य भएको हो ।

उक्त सम्झौता पत्रमा योङ माइन्ड्स क्रियसनका सञ्चार अधिकृत रसु खड्का र इन्टर्नसाथीका सह-संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) कुनाल साहले हस्ताक्षर गरेका हुन् ।

यो सहकार्यसँगै लारामाइन्ड्सका सहभागीहरूले प्लेसमेन्टको अवसर पाउनेछन् । यसले गर्दा तालिम लिएपछि विद्यार्थीहरूले प्लेसमेन्टको चिन्ता लिनु नपर्ने बताइएको छ ।

लारामाइन्ड्समा प्लेसमेन्ट पार्टनरको रूपमा सहभागी हुन पाउँदा खुसी लागेको भन्दै  इन्टर्नसाथीका सीईओ साहले विद्यार्थीलाई प्लेसमेन्टका लागि सहयोग गर्ने बताए ।

त्यस्तै कार्यक्रममा योङ माइन्ड्सकी सञ्चार अधिकृत खड्काले लारामाइन्ड्समा सहभागी भएकाहरूलाई अवसर सिर्जना गर्न यो सहकार्यले भूमिका खेल्ने बताइन् ।

योङ माइन्ड्सले लारामाइन्ड्स कार्यक्रमको समयमा आवश्यक पर्ने स्रोत, प्रशिक्षक र परियोजना निर्देशिका प्रदान गर्नेछ । तालिमपछि विद्यार्थीलाई प्लेसमेन्टको अवसर सिर्जना हुने र त्यसले करियरमा सहयोग पुर्‍याउने दुवै कम्पनीको भनाइ छ ।